भिजिट कर्णालीले हिउँदमा रारा घुम्ने प्याकेज ल्याएको छ।
पुस दोस्रो हप्तादेखि रारामा हिउँ पर्न सुरु गरेको र यो फागुनसम्म हुने भएकाले सोही अवधिका लागि हिउँमा खेल्न जाउ रारा भन्ने प्याकेज ल्याइएको कम्पनीले जानकारी दिएको छ।
हिउँमा खेल्न तथा रारा घुम्नका लागि आन्तरिक पर्यटकलाई आकर्षित गर्न उक्त प्याकेज ल्याइएको भिजिट कर्णालीका प्रबन्ध निर्देशक राजु कार्कीले जानकारी दिए।
यो प्याकेज दुई रात तीन दिनको रहेको छ। काठमाडौंका लागि यो प्याकेजको मूल्य २३ हजार ५ सय रुपैयाँ, नेपालगन्जका लागि १६ हजार ५ सय रुपैयाँ रहेको छ।
यो प्याकेजमा हवाईजहाज दुईतर्फी टिकट, रारामा बास बस्न तथा खाना, राष्ट्रिय निकुन्ज प्रवेश टिकट, गाईड सुविधा र तातो पानीको सुविधा रहेको कार्कीले जानकारी दिए।