पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवर्द्धन गर्न भन्दै सरकारले देशभरबाट २ सय वटा गन्तव्यस्थल छानेको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका पालिकाको समन्वयमा विभिन्न परियोजना र आयोजना छनोट भएका हुन् ।
मन्त्रालयको प्रस्तावमा आह्वानको आधारमा ७१३ वटा प्रस्ताव परेकामध्ये २ सय गन्तव्य छनोट भएको हो । सरकारले छनोट गरेका धेरैजसो आयोजनामा पार्क, पिकनिक स्थल, मन्दिर, पर्यटकीय स्थलसम्म पुग्ने सडक, पदमार्ग, सपिङ कम्प्लेक्स, सङ्ग्रहालय, गुम्बा, स्मृति पार्क, फनपार्कलगायत रहेका छन् ।
मन्त्रालयका अनुसार आयोजनाका लागि सरकारले ६ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको छ।
यी हुन् छनोट भएका गन्तब्यस्थल