काठमाडौं कोरोना कहरले बन्द भएको धुलिखेल जीपलाइन तीन महिनापछि शुक्रबार (साउन ८ गते) देखि सुरू भएको छ।
मनसुन अफरअन्तर्गत जीपलाइनको शुल्कमा २० प्रतिशत छुट गरिएको छ।
क्लासिक जीपलाइनको २ हजार ५ सय रूपैयाँमा छुट गरी २ हजार, सुपरम्यान जीपलाइनको ३ हजार पाँच सय रूपैयाँमा छुट गरी २ हजार ८ सय रूपैयाँ र टेण्डम (जोडी) जीपलाइनको ४ हजार ५ सय रूपैयाँमा छुट गरी ३ हजार ४ सय रूपैयाँ कायम गरिएको बताइएको छ।
जीपलाइनसँगै फोटो भिडिओ प्याकेजमा समेत छुट दिइएको केदार थापाले बताए।
क्लासिक र सुपरम्यान जीपलाइनमा फोटो र भिडिओको लागि ७ सय रूपैयाँ लाग्ने भए पनि हाल ५ सय रूपैयाँ कायम गरेको र टेण्डम (जोडी) जीपलाइनमा फोटो र भिडिओको लागि एक हजार रूपैयाँ लाग्ने भए पनि हाल ५ सय रूपैयाँ कायम गरेको छ।
साथै धुलिखेल जीपलाइनले सञ्चालनमा ल्याएको एडभेन्चर पार्कमा पनि नि:शुल्क प्रवेश पाइने संस्थापक एवं सिइओ भुपेस श्रेष्ठले बताए।
कोभिड-१९ का कारण सुरक्षा सावधानी अपनाउँदै सञ्चालन गरिएको बताइएको छ।
२०७५ फागुनदेखि व्यवसायिक रूपमा धुलिखेल जीपलाइन सुरू भएको हो।
धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जीप लाइनको ल्याण्डिङ स्टेसन छ।
क्लासिक, सुपरम्यान र टेण्डम (जोडी) गरी ३ प्रकारका जीपलाइन खेल्न पाइन्छ। खावास्थित ‘ल्यान्डिङ स्टेसन’मा ८ फरक एडभेन्चर कोर्ससहित एडभेन्चर पार्क छन्। त्यहाँबाट लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचू लगायतका हिमाल समेत अवलोकन गर्न सकिनेछ।