साहसिक पर्यटकका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तब्य हो। जोखिम उठाएर हिमाल आरोहण तथा ट्रेकिङ यात्राका लागि विश्वभरका पर्यटकहरू नेपाल आउने गरेका छन्। पर्वतीय क्षेत्र अन्य विद्याका पर्यटन गन्तव्यभन्दा उच्च जोखिम भएका कारण उत्तिकै संवेदनशील हुन्छ।
हिमालै-हिमाल भएको मुलुक नेपालमा विश्वकै अग्लो सर्वोच्च शिखर सगरमाथा (माउन्ट एभरेस्ट ८,८४८.८६ मी) देखि आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये ८ वटा नेपालमा छन्।
यी हिमाल आरोहण र माउन्टेन फ्लाइटका लागि विदेशी पर्यटकहरू नेपाल घुम्न इच्छुक हुन्छन्। पर्वतीय पर्यटक नेपाल आउने मुख्य कारण हिमालको अध्ययन, अनुभव र आरोहणसँगै हेर्नका लागि आउने गरेका छन्।
विश्वव्यापी कोरोना माहामारीपछि नेपालको पर्यटन क्षेत्र थला परेको छ। पर्यटन व्यवसाय शून्यमा पुगेको छ। यो सँग सम्बन्धित व्यवसायी पलायन भइसकेका छन्।
यद्यपी हिमालय तथा पर्वतीय पर्यटन प्रवर्द्धनका लागि सरोकारवाला निकायहरूले नेपालको पर्वतीय पर्यटन उकास्न विभिन्न अभियान सञ्चालन गर्दै आइरहेका छन्।
नेपाल पर्वतारोहण संघ (एनएमए) का अनुसार कोरोनाअघि पर्वतीय पर्यटन क्षेत्रमा हरेक वर्ष हजारौको संख्यामा विदेशी पर्यटक आउने गरेका थिए।
एनएमएले ५,८५० देखि ६,५०० मिटर उचाइका पिकमध्ये २७ वटा हिमालहरूको व्यवस्थापन गर्दै आइरहेको छ। सरकारले हालसम्म ४१४ वटा हिमाललाई आरोहणका लागि खुला गरेको छ । अझै ९२ वटा हिमाल भने आरोहणका लागि खुल्ला गरिएको छैन।
कोरोना महामारीले अस्तव्यस्त भएको पर्वतीय पर्यटन पुरानै लयमा फर्काउन निकै कठिन छ। यद्यपि एनएमएले सरकारसँग मिलेर योजनाहरू अघि सारेको छ। नेपालको पर्वतीय पर्यटन दुई वर्षको महामारीले धेरै अफ्ठ्यारो परेको छ। पर्यटन क्षेत्र कोल्याप्स भएको छ। यो क्षेत्रमा कार्यरत व्यक्ति अहिले शून्यमा झरेका छन्।
विश्वका अधिकांश देशले पर्यटनमा पुनरागमन गरिसकेका छन्। कोरोना महामारीले ठूलो पाठ सिकाएको एनएमएका अध्यक्ष शन्तविर लामाले सेतोपाटीलाई जानकारी दिए।
‘२ वर्षसम्म कोभिडले थला परेको नेपाली पर्यटन क्षेत्रमा आवद्ध व्यक्तिले अब विकल्पबारे सोच्नुपर्ने बेला आएको छ। पर्यटन क्षेत्रसँग अन्य पेशालाई पनि सँगै नलैजाने हो भने यस्ता महामारी कतिखेर आउने हो थाहा हुन्न’, लामाले भने,‘हामीले अब गोरा छाला भएकाहरूमा मात्र भर गर्नु भएन, आन्तरिक पर्यटनसँगै कृषि र अन्य व्यवसायका बारेमा पनि सोच्नुपर्छ।’
उनले पर्यटन क्षेत्रका लागि राज्यले विशेष प्याकेज ल्याउनु पर्ने बताए। पर्यटन क्षेत्रबाट तितर वितर भएका व्यवसायीलाई राज्यले भरोसा दिनुपर्ने उनले जिकिर गरे।
राज्यले अब पनि पवर्यटन क्षेत्रला२ वेवास्था गर्यो भने नेपालको पर्यटन उठ्नै नसक्ने गरि थला पर्ने उनले दाबी गरे।
‘नेपालीलाई लडेर उठ्ने बानी परेको छ। तङ्ग्रिँदै गरेको नेपाली पर्यटनमा राज्यले भर थेग गरिदिने हो भने पुनः पुरानै लयमा फर्नन नेपाली पर्यटन व्यसायलाई धेरै समय लाग्दैन’, उनले भने,‘राज्यले बेलैमा सोच्नुपर्छ।’
हेर्नुहोस् भिडिओमा
गाईडलाई सोधेको स्पष्टिकरण चित्तबुझ्दो नआए कारबाही
नेपाल पर्वतारोहण संघले ४३ अन्तर्राष्ट्रिय गाईडलाई सोधेको स्पष्टिकरण चित्तबुझ्दो नआए कारबाही गरिने लामाले बताए।
नेपाली गाइडको लाईसेन्स प्राप्तिमा अवरोध गरेको भन्दै उनीहरूलाई दिएको समय सकिँदा आफू नियअनुसार जाने लामाले बताए।
‘आफ्नै घरभित्र आगो लगाएर कोही पनि अगाड बढ्न सक्दैन। आफूले नै उत्पदान गरेका विद्यार्थीलाई कसैले अपमान र अयोग्न भन्न मिल्दैन’, लामाले भने,‘उहाँहरूले मुद्दा फिर्ता लिएर मिल्न आउनु भए ठिकै छ नभए विधानअनुसार कारबाही भोग्नुपर्छ।
आफूले स्पष्टिकरण सोधेपछि पनि वार्ता र छलफल जारी राखेको भन्दै उनले मिलेर संस्था बचाउन आग्रह गरे।
अन्तर्राष्ट्रिय संस्थाको लाइसेन्स प्राप्त गाईडले माउन्टेन गाईड लाइसेन्स आफूहरूले मात्र पाउनुपर्ने अडान राख्दै अदालतमा मुद्दा दायर गरेका थिए।
उनीहरूबाट चित्तबुझ्दो जवाफ नआए संघको विधानअनुसार उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरि एनएमए रातो किताव (माउन्टेन गाइड लाइसेन्स) निलम्बन हुनेछ।
हेर्नुहोस् भिडिओ