सहरी भीडभाड र कोलाहालबाट अलिक टाढा छ वेगवान बेगनास ताल।
पोखरामै भए पनि फेवातालमा जस्तो भिडभाड हुँदैन बेगनास तालमा। भिडभाड मन नपराउने र शान्त वातावरण खोज्नेहरूका लागि बेगनास ताल उत्तम गन्तव्य हो।
फेवातालभन्दा केही वर छ बेगनासताल। पोखरा घुम्न जानेहरूको सूचिमा यो ताल पनि पर्छ।
निश्चल तालमा डुंगा चलाउन, माछा मार्न र चारो खुवाउनका लागि मानिसहरु आउँछन्।
अझ ताल वरिपरि रहेका हरिया जंगल र ती रुखलाई स्पर्श गर्दै बहने हावाले जो कसैलाई पनि तरंगित बनाउँछ।
तस्बिरहरूः
सबै तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।