दुर्गम जिल्ला रसुवामा जन्मेर विगत ४ दशकदेखि पर्यटन क्षेत्रमा सक्रिय दुर्गानाथ न्यौपाने नेपाल पर्वतारोहण संघ (एनएमए) को आगामी कार्यकालका लागि प्रतिश्पर्धामा उत्रिउका छन्।
शेर्पा समुदायकै बाहुल्यता रहेको भनिए पनि रसुवाबाट पर्यटन व्यवसाय तथा सामाजिक क्षेत्रमा सक्रिय रहेका न्यौपानेले आफ्नो दाबेदारी दिएका हुन्।
विगत लामो समयदेखि नेपालको पर्यटन क्षेत्रमा क्रियाशिल न्यौपाने पर्यटन व्यवसायका साथै सामाजिक विकास र सेवामा समेत पनि उत्तिकै सक्रिय छन्। सानै उमेरदेखि होटल तथा ट्रेकिङमा सामान्य काम थालेका उनलाई यस क्षेत्रले मोहनी नै लगायो ।
जसको कारण उनी यो क्षेत्र छाडेर अन्त जानै सकेनन् । २०३६ तिर उनी काठमाडौं भित्रिएका उनले सुरूमा ट्रेकिङ गाईडको रूपमा काम गरेका थिए। २ वर्षसम्म ट्रेकिङको काम गरेपश्चात सन १९९३ मा साझेदारीमा हिमाल भेन्चर ट्रेक नामक कम्पनी सुरु गरे। पर्यटनमै भविष्य देखेका उनले मैदान छोडेर बाहिरी सकेनन । अन्तत २००५ मा रसुवा ट्रेक प्रालि स्थापना गरेर जीवनको नयाँ अध्यायको सुरु गरे ।
सामाजिक कार्यक्रम समेत उत्तिकै सक्रिया उनको पहलमा रसुवामा कयौ बाटो, पुलपुलेसा र शिक्षा क्षेत्रको सुधारमा कामहरु भएका छन्। केही समय अगाडिमात्र शिक्षा मन्त्रालयले समेत उनलाई रसुवा नुवाकोट क्षेत्रको शैक्षिक विकासमा उल्लेख्य भुमिका खेलेको भन्दै सम्मानित गरिसकेको छ । साथै सो क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत उनले ठूलो सहयोग गर्दै आएका छन्। उनी सामाजिक सेवामा पनि त्यतिकै लागिरहेका छन्।
उनी होमिए जान अन्जानमै पर्यटन क्षेत्रमा । आजभन्दा ३७ वर्ष अगाडि अर्थात सन १९८० मा पर्यटकको भरिया बनेर । त्यो उनको सफलताको पहिलो सिढि थियो । ती दुई वर्ष उनको जीवनमा निकै कष्टकर थियो । आमादब्लम हिमाल लगायत विभिन्न क्षेत्रको ट्रेकिङ गरिरहँदा त्यसको दुई वर्ष पछाडि अर्थात १९८२ मा सर्दार भए । त्यसपछी उनले कहिल्यै पछाडि फर्केर हेर्न परेन । उनको लगाव मेहनत र इमान्दारिताको फल पाँउदै थिए उनी । त्यसको केही समय पछाडि नै उनी लिडर भए ।
यो पेशामा होमिएको २४ वर्षको अन्तरालमा उनले साथीभाइसँगको सहकार्यमा ट्रेकिङ कम्पनी खोले । त्यसको एक वर्ष पछाडि उनी आफैंले रसुवा ट्रेक नामको ट्रेकिङ कम्पनी संचालन गरे । विगत १३ वर्ष देखि रसुवा टेक्स अनवरत रुपमा पर्यटन सेवामा सक्रिय छ ।
जीवनमा झण्डै तीन दशक समय यही क्षेत्रमा बिताएका न्यौपाने रसुवा नुवाकोट पर्यटन समाजका संस्थापक अध्यक्ष समेत हुन ।
जीवनको झन्डै तीन दशक समय नेपालको पर्यटन प्रवद्र्धन र सामानिक कार्यक्रम विताएका बलराम नेपाल पर्वतारोहण संघको आगामी कार्यकालमा स्वतन्त्र तर्फका उम्मेदवार दिएका छन्।
उनले नेपालको पर्वतीय पर्यटनको विकासमा आफुले केही योग्दान गर्न चाहेको कारण एनएनएमा उम्मेदवारी दिएको बताए। ‘मैले जीवनमा लामो समय नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा काम गरे । जसको कारण आज सम्म मैले प्राप्त अनुभवहरुलाई म नेपालको पर्वतीय पर्यटनको विकासमा लगाउन चाहन्छु सो ही कारण एनएमएको सदस्य पदमा मैले उम्मेदवारी दिएको हुँ ।’