नेपालमा गाउँ पर्यटनको विकास र थप सम्भावनाका खोजी गर्न स्थापित गाउँ पर्यटन प्रवर्धन मञ्च भिटोफ (पोखरा)ले रविन्द्रराज पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
गाउँ पर्यटन प्रबर्द्धन मञ्च नेपाल प्रदेश -४, पोखरा शाखाको तेस्रो वार्षिक साधारण सभा एवम् दोस्रो अधिबेशनले युवा व्यवसायी रबिन्द्र राज पौडेलको अध्यक्षतामा ९ कार्यसमिति सर्बसम्मतले चयन गरेको छ। ११ जना कार्यसमितमा रहने व्यवस्था अनुसार १ जना कार्यसमिति सदस्य निवर्तमान अध्यक्ष तारा पहारी र बाँकी एक जना अध्यक्षले मनोनयन गर्ने व्यवस्था छन्।
आइतबार कास्कीको कालबाङ घडेरी होम स्टेमा आयोजित कार्यक्रमबाट चयन भएका नयाँ कार्यसमितिहरू
- अध्यक्ष-रविन्द्र राज पौडेल
- उपाध्यक्ष- चुडामणि दाहाल (राजु)
- सचिव- रमेश खत्री
- कोषाध्यक्ष- सूर्थनाथ पहारी
- सुशीला भण्डारी- सदस्य
- अशोक पराजुली- सदस्य
- भुपेन गुरूङ- सदस्य
- सन्तोष सापकोटा- सदस्य
- कमलबहादुर भुजेल- सदस्य
को हुन् अध्यक्ष पौडेलपोखराका युवा व्यवसायी रविन्द्रराज पौडेल गाउँ पर्यटन प्रवर्धन मञ्च पोखरा (प्रदेश नम्बर ४) का अध्यक्षमा निर्वाचित भएका छन्। आइतबार कास्कीको कालाबाङ घडेरीमा भएको गाउँ पर्यटन प्रबर्द्धन मञ्च नेपाल प्रदेश -४, पोखरा शाखाको तेस्रो वार्षिक साधारण सभा एवम् दोस्रो अधिबेशनले पौडेललाई निर्विरोध चयन गरेको हो।
टुर्स एण्ड ट्राभल र होटल व्यवासयमा लागेका पौडेल आन्तरिक पर्यटन विकास र प्रवर्धनमा लागिपरेका व्यवसायी हुन्।
‘ग्रामिण घर बास योजना’ मार्फत पोखरा आसपासमै रहेका तथा अन्य सम्भावित पर्यटकीय क्षेत्रमा यसको विस्तारमा प्रत्यक्ष संलग्न पौडेल आफ्नो कार्यकालमा गाँउमा पर्यटन भित्राउने, उनीहरुको बसाई लम्ब्याउने र विदेशीएका युवापुस्ताहरुलाई पनि पर्यटनका नयाँ सम्भावनाहरुबारे अवगत गराउँदै यसको विकास र विस्तारमा सक्रिय भूमिका खेल्ले बताएका छन्।
उनले नेपालको पर्यटनका मुर्छित सम्भावना व्यूताउँनकै लागि आफूले सिंगापुरको आर्कशक र सुरक्षित जीवन त्यागेर पर्यटनमा होमिएको बताए।
स्याङ्जा, चिलाने वडा न ६ मा जन्मिएका ३३ वर्षीय पौडेलले गाँउमै एसएलसी तहको अध्ययन पुरा गरेपछि थप अध्ययनका लागि २०५८ सालमा पोखरा झरेका हुन्। पौडेलले त्यहाँ प्लस टु सम्मको अध्ययन गरे। पोखरामा दाजुसँगै बसेका उनले पोखरा एफएममा पोखरामा कार्यक्रम प्रश्तोताका रुपमासमेत काम गरेका थिए।
सिंगापुरमा ‘बिएचएम’ अध्ययन गरेपछि उनले त्यहाँ भएका कयौं अवसरलाई त्याग्दै आफ्नै ठाउँमा रहेका सम्भावना खोज्न पोखरामा आए।
विभिन्न सामाजिक संङ्घ संगठनमा आवद्ध पौडेल यसअघि भिटोफ पोखरा शाखाका सचिव समेत थिए।
उनले यसअगाडिको हाम्रो पहिलो कार्यसमिति भएर पनि केही काम गर्न नसिकएको बताउँदै आगामी दिनमा संस्थालाई नमूना बनाएर लैजाने बताए।
‘अबको कार्यसमितिले होम स्टेलाई प्रवर्धन गर्नका लागि केन्द्र, नेपाल पर्यटन बोर्डसँग मिलेर होमस्टे ट्रेलको विकासमा अगाडि बढ्नेछ,’ उनले भने,‘ आगामी पुस भित्रै हामी एउटा होम स्टे महोत्सव गर्ने तयारीमा लाग्नेछौ।’
यस्तै होम स्टे र ग्रामिण पर्यटनको विकासका लागि स्कुल कलेजमा गएर विद्यार्थीहरूलाई गाउँ घुम्न प्रेरित गर्ने उनको योजना छ।
यस्तै संस्थाले यसअघि गर्दै आएको कामहरूलाई निरन्तरता दिने उनले बताए।