पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न संघ संस्थाहरुको कुम्भ मेला पाटा ट्राभल मार्ट २०१७ चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा सुरू भएको छ। मकाउको भ्यानेटिएन होटलमा सुरु उक्त मार्टमा नपालको पनि सहभागिता रहेको छ।
प्यासाफिक एसिया ट्राभल एसोसिएसन(पाटा)को अयोजनामा सुरु भएको उक्त मेलामा नेपालका ८ संघसंस्थासहित विश्वभरीका २ सय ५२ वटा संस्थाहरुको सहभागिता रहेको छ।
टुर अरेटर, एयरलाइन्स, पर्यटन संघ सम्बन्धित संघ संस्थाहरुको सहभागिता रहेको ४० औं मार्टमा नेपालबाट नेपाल एयरलाइन्स, पर्यटन बोर्डसहित आठ संस्थाहरुको सहभागिता छ।
अपरेटरहरुबीचको प्याकेजहरु किनबेच, सम्बन्ध विस्तार तथा व्यापारीक सम्झौता, छलफल गन्तव्यहरुको प्रवर्धन हुने उक्त मार्टबाट पर्यटकीय गन्तव्य र बजारको एक्स्पोजर बढ्ने पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले जानकारी दिए।
विभिन्न अन्तरक्रिया छलफल भइरहेको उक्त मार्टमा नेपालको तर्फबाट पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालको पर्यटकीय अवस्थामाथि बोलेका थिए।
नेपालमा पर्यटकीय गन्तव्यहरू आकर्षक भएकोले विश्भरका पर्यटकलाई नेपाल आउन जोशीले आग्रह गरे।
प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा, पदयात्रा जस्ता आकर्षक सेग्मेन्ट नेपालको पर्यटनमा भएकोले नेपालसम्बन्धि प्योकज उपलब्ध गराउन सबैलाई उनले आग्रह गरे। पाटाले वार्षिक रूपमा आयोजना गर्ने यो मार्ट १७ सेप्टेम्बरसम्म चल्ने छ।