‘पाटा नेक्स्ट बेष्ट एन्गेजमेन्ट विथ योङ्ग टुरिजम प्रोफेशनल्स’ अवार्ड नेपाल च्याप्टरले पाएको छ। पाटा ट्राभल मार्ट २०१७ को अवसरमा पाटा बोर्ड बैठकले नेपाल च्याप्टरलाई उक्त अवार्ड दिइएको हो। अवार्ड नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले ग्रहण गरेका थिए।
प्रत्येक बर्ष विश्वभरी रहेका आफ्ना च्याप्टरहरुले युवा पुस्ताहरु संगको संलग्नता तथा सहकार्यमा पर्यटन क्षेत्रको प्रवद्र्धनमा प्रदान गरेको योगदान तथा निष्ठाको मुल्याङ्गनका आधारमा पाटाले दिने गर्छ।
पाटा ट्राभल मार्ट जस्ता कार्यक्रमहरु नेपाली टुरिजम प्रोडक्ट तथा गन्तब्यलाई विश्व पर्यटन बजारमा प्रवद्र्धन गर्ने एक महत्वपूर्ण मञ्च भएको र पछिल्लो समयमा पर्यटन वोर्ड, नेपाल एयरलाईन्स र निजि क्षेत्रका ब्यवसायको सहकार्यमा यस्ता प्रवद्र्धनात्मक कार्यक्रमहरुमा सहभागिताको क्रम बढ्दै गएकाले पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव बढेको पाटा नेपालका अध्यक्ष सुमन पाण्डेले बताए।
पाटा नेपाल च्याप्टरका सिइओ सुरेश सिंह बुडालले पाटा नेपाल च्याप्टरले बेष्ट च्याप्टर अवार्ड पाउनु नेपाली पर्यटन क्षेत्रका लागि गर्वको बिषय भएको बताउँदै भविष्यमा अझ प्रभावकारी कार्यक्रमहरु गर्न उत्प्रेरणा प्रदान भएको जानकारी दिए।
पाटा नेपाल च्याप्टरले प्राथमिकता दिएका गतिविधिहरु ब्लगर्स तथा मिडिया परिचयात्मक भ्रमण, हिमालयन ट्राभल मार्ट, पर्यटनका यूवा पुस्ताहरु संगको आबद्धता, मानव संसाधन विकास तालिम तथा कार्यक्रमहरुले विश्व पर्यटन बजारमा नेपाली पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण भुमिका खेलेको उनको भनाइ छ।