आफ्ना पिता तथा अमेरिकाका ४१औं राष्ट्रपति जर्ज एच डब्लु बुसलाई अन्तिम संस्कारका समय पूर्वराष्ट्रपति जर्ज डब्लु बुस अत्यन्त भावुक भए।
उक्त शोक शभा बुधबारका दिन वाशिङ्टन डिसीमा आयोजना गरिएको थियो। अमेरिका जस्तो शक्तिशाली मुलुकका लागि राष्ट्रपति हुने शौभाग्य यी दुई बाबु छोराले पाएका थिए।
पिता जर्ज एच डब्लु बुसले जनवरी १९८९ देखि जनवरी १९९३ सम्म अमेरिकाको ४१औं राष्ट्रपतिय पद सम्हालेका थिए भने छोरा जर्ज डब्लु बुसले जनवरी २००१ देखि जनवरी २००९ सम्म अमेरिका को ४३औं राष्ट्रपतीय पदको जिम्मेवारी सम्हालेका थिए।

आफ्ना पिता तथा पूर्व राष्ट्रपतिलाई अन्तिम संस्कारका लागि वाशिङ्टन डिसीमा आयोजित कार्यक्रममा जर्ज बुसले मन्तब्य भाषण दिने क्रममा अत्यन्त भावुक हुँदै भने, ‘मेरा पिता एक सक्षम ब्यक्ति थिए र उनले नै आफूलाई नेतृत्व गर्नसक्ने क्षमताका बारेमा शिक्षा दिएका थिए।’ उनले राष्ट्रपतिको पदले कस्तो महत्व बोकेको हुन्छ, त्यसको गरिमा कस्तो हुन्छ र त्यसलाई कसरी पालना गर्नु पर्दछ भन्ने शिक्षा आफ्ना पिताबाट पाएको ब्यहोरा भावबिह्वल हुँदै ब्यक्त गरे।
जर्ज बुसले आफ्नो मन्तब्यमा अगाडि भने - जब अमेरिकाको इतिहास लेखिने छ त्यस बेला पिता जर्ज एच डब्लु बुसको नाम अमेरिकाको महान राष्ट्रपतिका रुपमा नामाकरण गरिनेछ।
आफ्नो मन्तब्यका दौरान आँखाबाट आँसु बगाईरहेका बुशले आफ्ना पितालाई स्मरण गर्दै भने- तपाईँको गम्भीरता, तपाईँको दयालु हृदयलाई हामी सधै स्मरण गर्नेछौं।

उक्त कार्यक्रममा पूर्व सीनेटर सिम्पसनले आफ्नो मन्तब्य दिदै भने - जर्ज एच डब्लु बुस एक ईमान्दार ब्यक्ति थिए। ईमान्दारीता उनको रगतमा थियो। उनी आफ्नो देश, आफ्नो परिवार , मित्रहरु, संस्था तथा सरकारप्रति सधै ईमान्दार थिए। आजका दिन अमेरिकाका लागि अत्यन्त दुर्भाग्यको दिन हो।
पूर्व राष्ट्र्पतिलाई स्मरण गर्दै उनले अगाडि भने - उनी सधै एउटै सुझाव दिन्थे- सत्यलाई साथ देउ, अन्यलाई आरोप नलगाउ, आत्मबल बढाउ र राष्ट्रका लागि आफूले सक्ने योगदान देउ।
उक्त अन्तिम संस्कारको कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उनकी पत्नी मेलानिया ट्रम्पको पनि उपस्थिति थियो।

त्यस्तै, पूर्व राष्ट्रपति जिमी कार्टर, बिल क्लिन्टन र बाराक ओबामाको पनि कार्यक्रममा उपस्थित थिए।
यो पहिलो कार्यक्रम थियो जहाँ राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्ना पूर्व चार राष्ट्रपतिहरूसँग एकै साथ उपस्थित भएका थिए।
जर्ज एच डब्लु बुसको निधन गत ३० नोभेम्वरमा ९४ बर्षको उमेरमा भएको थियो।

वाशिङ्टन डिसीमा आधिकारीक अन्तिम संस्कार सम्पन गरेपछि श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीरलाई गृहनगर टेक्सासको ह्यूस्टनमा लगिएको छ।
राष्ट्रपति बुसको जन्म १९२४ जुन १२ मा मिल्टन, म्यशाच्य्सट्स राज्यमा भएको थियो।