बाल्टिमोरको नेपाली समुदायले सञ्चालन गरेको ‘नेपाली भाषा स्कूल’मा पढ्ने नेपाली मुलका केटाकेटीहरुले यो सिजनको कक्षा सत्र पुरा गरेका छन्। भाषा स्कूलमा पढ्ने २५ जना केटाकेहीहरु आजा दिक्षित पनि भएका छन्। पहिलो चरणको भाषा कक्षा पुरा गरेपछि केटकेटीहरु दिक्षित भएका हुन्।
नेपाली भाषा बोल्न नजान्ने वा नेपालीमा लेखपढ गर्न नसक्ने केटाकेटीहरु भाषा कक्षामा पढेपछि नेपाली बोल्न, लेख्न, र पढ्न जान्ने भएका छन । आजको दिक्षान्त समारोहमा विद्यार्थिहरुले आफुले जानेका कुराहरु लेखेर र पढेर प्रदर्शन पनि गरेका थिए। आफ्ना केटाकेटीहरुले नेपालीमा लेखपढ गरेको देखेर समारोहमा उपस्थित अभिभावकहरु खुसी देखिन्थे ।
भाषा कक्षामा संलग्न नेपाली पढ्न र लेख्न जान्ने केटाकेटीहरुलाई मेरिल्यण्डका स्टेट सिनेटर जिम ब्रसिनले प्रमाणपत्र दिएका थिए । केटाकेटिहरुको दिक्षान्तमा बोल्दै सिनेटर ब्रसिनले फरक भाषा र संस्कृतिले मेरिल्याण्डलाई अझै समृद्द बनाएको धारणा राखे ।
बाल्टिमोर काउन्टिमा बढ्दो नेपाली समुदायको उपस्थिसंगै नेपाली संस्कृति र भाषाको निरन्तरताको पनि चासो बढेको हो ।
झण्डै तीन महिना प्रत्येक सनिवार विहान डेढ घण्ट यो भाषा स्कूल चलेको थियो । सतिश चापागाईं र विष्णु शर्माले केटाकेटीहरुलाई नेपाली भाषा लेखपढ गर्न सघाएका थिए, भने नेपाली तक्वान्दो खेलाडी एवं ब्यवसायी कुमार कार्कीले कक्षा सञ्चालनका लागि Everest World Class TaekwanDo Academy को हल निशु:ल्क उपलव्ध गराएका थिए ।
नेपाली भाषा एकाडेमीका संयोजक डा श्याम कार्कीले यो कक्षा सञ्चालमा सहयोगी सबैलाई धन्यवाद दिएका थिए ।
त्यस्तै भाषा प्रसिक्षकहरु चापागाईं र शर्माले घर घरमा आफ्ना केटाकेटीलाई थोरै भए पनि समय दिएर नेपाली लेखपढमा सघाउन अभिभावकहरुसंग अनुरोध गरे । घरमा केटाकेटीहरुसंग सकेसम्म नेपाली भाषामै कुराकारी गर्दा नेपाली सिक्न सिकाउन सजिलो हुने उनीहरुको घाराण थियो । नेपाली भाषा सिकाईले अमेरिकी सामाजिक मुलप्रवाहमा नेपाली केटाकेटीलाइ भविष्यमा अझ धेरै अवसर प्राप्त हुन सक्ने प्रशिक्षकहरुको मत थियो ।
मेरिल्याण्डको बाल्टिमोर काउण्टि नटिङघममा उक्त कक्षा सञ्चालन भएको हो । यो भाषा कक्षाको अर्को सत्र आगामी महिनादेखि सुरु हुने बताईएको छ ।