अमेरिकामा वसोवास गर्दै आएका पाकिस्तानी नागरिक इमरान अवानलाइ अमेरिकाको अनुसन्धान ब्यूरो एफबिआइले पक्राउ गरेको छ। फ्लोरिका डेमोक्रयाटिक सांसाद डेबि वार्समेनको सुचना प्रविधी हेर्ने पाकिस्तानी नागरिक इमरानलाइ एफबिआइले पाकिस्तान फर्कन लागेको बेला एयरपोर्टबाट पक्राउ गरेको हो।
इमरानले कैग्रेसनल क्रेडिक युनियनवाट २ लाख ८३ हजार डलर पाकिस्तान पठाएर फर्कन लागेका बेला एफबिआइले वासिंटन डिसीको डलस एयरपोर्टबाट पक्राउ गरेको हो। उनिसँगै एफबिआइले १२ हजार डलर नगद पनि समातेको बताएको छ। पाकिस्तानमा जन्मेका इमरानसँग सबै कंग्रेसम्यानहरुको इमेल र पासवर्ड लगायत कंग्रेसम्यान डेविले प्रयोग गर्ने आइप्याडको पासवर्ड समेत लगेर जान खोजेको बताइएको छ।
अमेरिकी सांसदका आइटी सहयोकिका रुपमा कार्यरत इमानको कम्प्युटरलाइ एफबिआइले जफत गरेको छ। 'कम्प्युटरमा धेरै सामाग्रीहरु रहेको हुन सक्ने अनुमान हामीले गरेका छौँ।' एफविआइले बताएको छ। कम्प्युटरको सहयोगीका रुपमा कार्यरत इमरानका छोरी र पत्नी पाकिस्तान फर्केपछी उनि पनि फर्किन लागेका थिए।
सन २००५ देखि वार्समेनको आइटी सहयोगीका रुपमा कार्यरत इमरानले सन २००९ सम्ममा मात्र ४० लाख डलर बुझेको ट्याक्सका कागजातहरुमा देखाइएको छ। अन्य तर डेमोक्रयाटिक स्टाफहरुले बताए अनुसार इमरान काममा धेरै आउँदैन थिए।
प्रहरीले इमरानलाइ साइवर सेक्यरीटीमा खराव काम गरिरहेको भन्दै डेमोक्रयाटिक संसाद वार्सम्यानलाइ सूचना दिएपनि उनलाइ कामवाट निकालिएको थिएन। इमरानको कम्प्युटरवाट गलत गतिविधीहरु हुन थालेपछि प्रहरीले उनलाइ निगरानीमा राख्दै आएको थियो।