सन २००८ मा नेपाली व्यवसायी दिपक खड्काले संचालनमा ल्याएको क्राउन इन्स्टिच्युट अफ बिजनेश एन्ड टेक्नोलोजी (सीआइबीटी) कलेजले अष्ट्रेलियामा हायर एजुकेशन (उच्च शिक्षा) को मान्यता पाएको छ।
न्यु साउथवेल्स राज्यको महावाणिज्यदुत समेत रहेका खड्का एक दशकदेखि शैक्षिक व्यवसायमा संलग्न छन ।
क्राउन अस्ट्रेलियामा यसरी नेपालीको स्वामित्वमा रहेको कलेजहरुमा हायर एजुकेशनको मान्यता पाउने दोस्रो कलेज हो ।
यसअघि अस्ट्रेलियाका धनाध्य नेपाली शेष घलेको कलेज एमआइटीले मात्र सो मान्यता प्राप्त गरेको थियो ।
अस्ट्रेलियाले यसरी उच्च शिक्षाका लागि मान्यता दिने विषयलाई निकै गम्भीर रुपमा हेर्ने गर्दछ ।
हाल अस्ट्रेलियामा ४३ वटा विश्वबिद्यालय सहित टेफ गरेर करिब एक सय ७० अध्यन प्रतिष्ठानहरुले उच्च शिक्षाको मान्यता हासिल गरेर शैक्षिक सेवा प्रदान गर्दै आएका छन्।
क्राउनले आगामी मार्च महिनादेखि आफ्नो ब्याचलरको पढाइ प्रारम्भ गर्ने तयारी गरेको क्राउनका कार्यकारी निर्देशक नारायण तिवारीले बताए ।
प्रारम्भमा क्राउनले दुई वटा बिषयलाई अगाडि सारेको छ जसको प्रकृया आगामी नोभेम्बर-डिसेम्बरसम्म पुरा हुन सक्ने तीवारीको भनाइ छ।
ब्याचलर अफ एकाउन्टिङ र ब्याचलर अफ इन्टरपेनरसिप एन्ड इनोभेसन गरी दुई विषयलाई पहिलो चरणमा अगाडि बढाइएको कलेजका संस्थापक दिपक खड्काले जानकारी दिए ।
खड्काले याचलर अफ एन्टरपेनरसिप एन्ड इनोभेसन अत्यन्तै नयाँ र उत्कृष्ट विषय भएको समेत बताए ।