रुपन्देही सामाजिक सन्जालको आयोजनामा सिडनीमा सम्पन्न सांगीतिक साँझ सम्पन्न भएको छ ।
परोपकारका लागि संगित भन्ने नाराका साथ रुपन्देही समाजले आयोजना गरेको सांगितिक साँझमा नेपालका चर्चित कलाकारहरु मिलन अमात्य, नेपाल आइडलबाट उदाएका निशान भट्टराई र स्थानिय कलाकारहरु समिर आचार्य ,रमन रेग्मी र रिना अधिकारी लगायतले आकर्षक प्रस्तुति पेश गरेका थिए ।
रुपन्देही जिल्लाका शिक्षा,स्वास्थ लगायतका विषयमा सहयोगी भुमिका निर्वाह गर्दै आएको रुपन्देही समाजिक सन्जालले यस कार्यक्रमबाट बचेको रकम पनि परोपकारी कार्यमा लगाउने जनाएको छ ।
कार्यक्रममा मिलन अमात्यको आकर्षक गीत र निशान भट्टराईको 'ए भुन्टी' जस्ता लोकप्रिय गीतहरुमा दर्शक झुमेका थिए ।
रकडेलको इन्द्रेणी फक्सन सेन्टरमा आयोजित कार्यक्रममा दर्शकको भिडभाड देखिन्थ्यो ।
कार्यक्रमका स्थानिय कलाकार समिर आचार्यको गीतमा दर्शकलाई निकै तताएको थियो । कार्यक्रमलाई सफल बनाउन भूमिका निर्वाह गर्ने सबै पक्षलाई सन्जालका अध्यक्ष कृष्ण गैरेले धन्यवाद ज्ञापन गरेका थिए ।