अस्ट्रेलियाको सिड्नीमा नेपाली बहुसांस्कृतिक केन्द्रले प्रशान्त महासागरमा क्रुज पार्टीको आयोजना गरेको छ।
अस्ट्रेलियामा नेपालीहरूको संख्या थपिँदै जाँदा आफ्नोपनलाई जोगाउन कम्तीमा भए पनि एउटा सामुदायिक भवन बनाउनुपर्छ भन्ने सोच बोकेका नेपालीहरूले यसको जागरणका लागि प्रशान्त महासागरमाथि क्रुज पार्टीको आयोजना गरेका हुन्। क्रुजमा करिब तीन सय नेपालीहरू सहभागी थिए।
पार्टीमा सहभागीहरूले लोक गीत र नेपाली संगीतमा झुमेर आनन्द लिएका थिए।
नेपाली कला संस्कृति र परम्पराको जर्गेनाका लागि पनि सिडनीबासी नेपालीहरूलाई आफ्नै सामुदायिक भवनको खाँचो टड्कारो देखिएको बेला सिड्नीमा नेपाली बहुसाँस्कृतिक केन्द्र नामक संस्था स्थापना गरेर यस अभियानलाई अगाडि बढाइएको हो।
नेपालीहरूको बाक्लो बस्ती रहेको सिड्नीको दक्षिण पश्चिम क्षेत्रमा रहेका नेपालीहरूले आफ्नो कला संस्कृति र पहिचान जोगाउन सिड्नी नेप्लिज मल्टिकल्चर सेन्टरको अवधारणा अगाडि सारेर यस अभियानमा जुटेका हुन्।
‘नेपालीहरूको बाक्लो बस्ती रहेको सिड्नीको साउथवेस्टमा बसोबास गर्ने नेपाली अभियन्ताहरूले सिड्नीको नेपाली समाजलाई आवश्यक रहेको एउटा सामुदायिक भवनको परिकल्पना गरेर सिड्नी नेप्लिज मल्टिकल्चर सेन्टर नामक अलग्गै परियोजना अगाडि बढाउँदै जागरण र अपनत्वका लागि हामीले क्रुज अभियान अगाडि सारेका हौं,’ केन्द्रका अध्यक्ष सुदिप ढकालले भने।
अहिले ३२ सदस्यीय कार्यकारी सदस्य छन्।