मेलवर्नमा रहेको नेपाली मन्दिरमा तीजको दिन अर्थात् ६ सेप्टेम्बरमा दिनभरि कार्यक्रम हुने भएको छ।
बिहान ७ बजेदेखि नै पूजाका लागि मन्दिर खुला हुने र साँझ ७ बजेसम्म पूजा गर्न सकिनेछ।
नेपालका राष्ट्रिय कलाकारहरूको साथमा तीज विशेष कार्यक्रम दिउँसो ४ बजेदेखि सुरू हुने आयोजक अस्ट्रेलिया नेप्लिज मल्टिकल्चरल सेन्टर (एएनएमसी)का अध्यक्ष गान्धी भट्टराईले जानकारी दिए।
‘मेलवर्नमा बस्ने सबै समुदायको प्रतिनिधित्व गर्ने एएनएमसीको प्रांगणमा सबै आउनुहोला। दिदीबहिनीको चाडलाई भव्य र सभ्य बनाउन पर्छ,’ उनले भने, ‘हामीले ३ हजार देखि ५ हजार जम्मा हुने अपेक्षा गरेका छौं। विभिन्न खालका सांस्कृतिक कार्यक्रम हुनेछन्।’
एएनएमसीले दिएको जानकारी अनुसार गायक खुमन अधिकारी, रमेश विजी र शोभा त्रिपाठीले मनोरन्जन दिनेछन्।