'बेल्जियम एन आर एनमा अझै आम सहमति सम्भब छ सबैले जित्ने कसैले नहार्ने बाटो रोजौ सोचे जस्तो र देखे जस्तो परिणाम निर्वाचन पछि हात नपर्ला।'
माथिको पंक्ति एन आर एन बेल्जियमका अधक्ष्य गंगाधर गौतमले सामाजिक संजाल मार्फत सहमतिको लागि ल्यायको विचार हो। उनको प्रयास जारि देखिन्छ तर पनि उनि सफल हुन् सकेका भने छैनन।
बेल्जियमको एन आर एनमा आगामी नेतृत्वको लागि सहमति गरेर नयाँ टिम निर्माणको लागि धेरै बैठक बसे पनि सफल हुन् भने सकेका छैनन। जसको प्रमुख कारक तत्व भनेकै त्याग र समर्पण गर्न नसक्नु नै देखिन्छ। अहिले नेपालको वर्तमान स्थितिलाई हेर्ने हो भने एन आर एन बेल्जियमले सहमतिको टिम निर्माण गरेर केहि रकम बाढी पिडितहरुको लागि खर्च गर्नुपर्ने देखिन्छ। तर त्यो तर्फ ध्यान कसैको जान सकेको देखिदैन।
एन आर एन बेल्जियमको नया नेतृत्वको लागि हिजो मात्रै उम्मेदवारी दर्ता सकिएको छ। जसको अध्यक्षमा सन्तोष जोशी र लोक दाहालको उम्मेदवारी परेको छ। यी दुवै उम्मेदवार आफैमा खुबी भयका उम्मेदवार हुन्।
दाहाल आर्थिक लगायत सामाजिक पक्षमा सशक्त रहेका छन। उनले बेल्जिक डाक्टर समुह सँग मिलेर बिगत लामो समय देखि नेपालमा काम गरिरहेका छन। बेल्जियममा उनको आफनै ब्यबसाय छ \ ब्यबसायमा उनि सफल भैरहेका छन। आगामी महिना उनि डाक्टरको समुह सहित नेपालमा बाढी पिडितहरुको सहयोगार्थ नेपाल जादैछन। बेल्जियमको नेपालि समुदायमा उनको सहयोग ठुलो रहेको छ। आपतमा परेका नेपाली महिलालाई सहयोग गर्ने देखि लियर नया पिढिको सहयोगार्थ उनि दत्तचित्त भयर लागि परेका छन।
त्यस्तै गरेर सन्तोष जोशीपनि उर्जाशील युवा उम्मेदवार नै हुन्। तर दाहाल संग उनीलाई सतप्रतिसत तुलना गर्न सकिदैन। तर उनको सस्थामा काम गर्ने सैली जोश जागर सम्मान गर्न योग्य रहेको छ। आफ्नो दुइ बर्षे कार्यकालमा नेपाली कांग्रेस निकट जन सम्पर्क समितिलाई बिबादमुक्त र स्वच्छ बनाउने काम गरे। जुन उनको लागि सकारात्मक पक्षमा देखिन्छ। एन आर एन बेल्जियमको नया कार्यकालको लागि यी दुवै व्यक्तिहरुको उत्तिकै आवस्यकता रहेको छ। दाहाललाइ अधक्ष्य बनाएर सन्तोष जोशी एक कार्यकाल वरिस्ठ उपाध्यक्षमा आसिन हुने हो भने यो सबै तिक्तता सकिने छ।
अहिले उम्मेदवारी दियका दुवै तर्फका उम्मेदवारहरुको सुची हेर्ने हो भने सबै युवाहरु रहेका छन। समाजमा काम गरिसकेका समाजसेवी तथा रास्ट्रिय स्तरमा काम गरेका पत्रकार समेतको सहभागिता देखिन्छ। राजनैतिक लुछचाडीलाइ अलिपर राखेर सहमति गर्ने हो भने कुनै गाह्रो कुरो देखिदैन। केवल व्यक्तिगत इगो स्वार्थ लाइ पछाडी राखेर मात्रै बैठकमा उपस्थित हुनुपर्दछ। यसको लागि एन आर एन केन्द्रमा कार्यरत पदाधिकारीले कुनै नकारात्मक रोल नखेली सकारात्मक तवरले अगाडी बढ्नुपर्दछ। यस तर्फ यहाका संघसस्था प्रतिनिधिले ध्यान दिन जरुरी छ।
सतहमा आइसीसी बाहेकका उम्मेदवार हेर्दा लोक दाहाल, सन्तोष जोशी, अनुजा प्रधान, योगिता थापा, आङ्गमाया सेर्पा, तिर्थ धमला, सन्तोष न्यौपाने, कमल पन्थी, खडग केसी लगायतका युवा पंक्तिलाई सर्वसहमत तरिकाले एन आर एन मा स्थान दिनुपर्ने देखिन्छ।
निर्वाचन भयको खण्डमा खोजेजस्तो र सोचेजस्तो एन आर एन समुह निर्माण नहुने देखिन्छ। जम्बो एन आर एन बनाउनु भन्दा सानो र काम गर्ने समुह निर्माण गर्नु अति उत्तम देखिन्छ। हामीले गर्ने भनेको नेपाल र नेपालीकै लागि हो। राम्रो काम गरेर आफ्नो र एन आर एनको छबि सुधार्नु सबैको उदेश्य हुन्छ। त्यसको लागि निर्वाचनमै गएर लुछाचुडी गर्नु अहिलेको सन्दर्भमा त्यति जायज देखिदैन।
सबै उम्मेदवार एकै ठाउमा बसेर छलफल चलाउनु जरुरी देखिन्छ। जहाँ अन्य कुनै ब्यक्तिहरुको सहभागिता नरहोस्। उम्मेदवार स्वच्छ तरिकाले छलफलमा बसुन र नयाँ समुह निर्माण गरुन। त्यहाँ कुनै राजनैतिक हस्तक्षेप नहोस। यसो गर्दा पनि बेल्जियमको एन आर एन सहमतिको समुह निर्माण हुनसक्ने देखिन्छ। नत्र उम्मेदवार भन्दा राजनीतिक सस्थाका पदाधिकारी र तिनका निकट बसेर छलफल गर्ने हो भने सहमति भन्दा असहमति भयर तिक्तता र तिकडम उत्पन्न हुनेमा दुइमत नै छैन। यसको लागि सबैले ध्यान दिनु जरुरी देखिन्छ।