क्यानाडामा वसोवास गरिरहेका नेपालीभाषी भूटानीहरुले स्थानिय पुस्तकालयमा पुरोहितहरु बोलाएर पुजा आजा गर्दै सरस्वती पंचमीपर्व मनाएका छन। नेपाली भाषी भुटानीहरुले स्थापना गरेको स्थानिय पुस्तकालयमा सम्पन्न गरिएको सरस्वती पुजामा स्वामि शुदर्शनाचार्य अत्रिले प्रवचन समेत दिएका थिए। 'हाम्रो पहिचानसँग नेपाली भाषा मात्र जोडिएको छैन नेपाली धर्म र सँस्कृती पनि जोडिएको छ। त्यसैले हामी जहाँ पुगेपनी नेपाली पन बिर्सने कुरा आउँदैन।' नेपाली भाषी भुटानीहरुलाइ नेपाली भाषा पठन पाठन गराउँदै आएकी कृष्णा दंगालले बताइन।
अन्तारियोको विण्डस्वरमा करिव ५ सय नेपाली भाषी भूटानीहरु वस्दै आएका छन। 'नेपालीहरुको संख्या बढदै गएका कारण उनिहरुका नानीहरुले नेपाली भाषालाइ सिकुन भनेर हामीले नेपाली कक्षा पनि संचालन गर्दै आएका छौं' हाम्रो पुस्तकालयका संस्थापक भानु ढुंगानाले बताए।
नेपाल बाहिर बिभिन्न मुलुकमा पुगेका नेपाली भाषी भुटानीहरुले नेपाली भाषा र सँस्कृतीको संरक्षणका लागि बिभिन्न कृयाकलापहरु गर्दै आएको बताउँदै नेपाली भाषाको पुस्तकालयका संस्थापक भानु ढुंगानाले अगाडी बताए 'नया पुस्ताका पुस्ताका नेपालीभाषी भूटानीहरुलाइ नेपालको भाषा र सँस्कृती सिकाउन क्यानाडाको अन्य राज्यमा पनि बिभिन्न कार्यक्रम गर्ने तयारी गरेका छौं।'