चीनको उत्तरपश्चिम क्षेत्रको निङ्गसियाको एक रेष्टुरेन्टमा विस्फोट भएको छ।
बुधबार राति निङ्गसिय स्वायत्त क्षेत्रको यिन्चुआन सहरस्थित एक बारबीक्यु रेष्टुरेन्टममा विस्फोट हुँदा ३१ जनाले ज्यान गुमाएको समाचार संस्थान सिन्ह्वाले उल्लेख गरेको छ।
सिन्ह्वाका अनुसार रेष्टुरेन्टमा ग्यास चुहावट भएर विस्फोट भएको हो।
विस्फोटमा परी सात जना घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको बताइएको छ।
घटनाबारे चिनियाँ राष्ट्रपति सी जिनपिङले दुःख व्यक्त गरेका छन्। उनले औद्योगिक र व्यवसायिक क्षेत्रमा सुरक्षा लगातार निरीक्षण गर्नु र गराउन अधिकारीहरूलाई निर्देशन समेत दिएका छन्।
यसअघि २०१५ मा श्रृंखलावद्ध विस्फोटमा तियन्जिनको उत्तरी क्षेत्रमा १७३ जनाले ज्यान गुमाएका थिए।