जापानबाट प्रतिनिधित्व गर्दै गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आईसीसी) मा नव निर्वाचितको सम्मानमा बधाई तथा शुभकामना कार्यक्रम गरिने भएको छ।
गत अक्टोवर १४ देखी १७ सम्म काठमाडौंमा सम्पन्न भएको संघको १०औ महाधिवेशनबाट जापानलाई प्रमुख कर्मथलो बनाएका भवन भट्ट अध्यक्ष, सुदन थापा युवा संयोजक, किरण बिक्रम थापा एशिया प्यासेफीक संयोजक र पारसमणि पोखरेल एशिया प्यासेफीक उप-संयोजकमा निर्वाचित भएका थिए।
एनआरएनए जापानको प्रमुख आयोजना र जापानमा क्रियाशिल रहेका विभिन्न संघ संस्थाहरुको सह-आयोजनामा नोवेम्बर १२ तारिख साँझ ५ बजे खाबुच्यु , सिन्जुकुस्थित युनिभर्शल हलमा कार्यक्रम सम्पन्न हुने आयोजकले जनाएको छ।
एनआरएनए जापानको सभाकक्षमा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभगितामा बुधबार सम्पन्न बैठ्कले उक्त निर्णय गरेको हो ।
यस्तै, गैरआवासीय नेपाली संघ एनआरएनए जापानले पाँच जना सदस्य मनोनित गर्दै आफनो कार्यसमितिलाई पूर्णता दिएको छ।
मंगलबार बसेको कार्यसमिति बैंठकले खुल्ला सदस्य तर्फ थकाली सेवा समितिका बुद्धि गौचन, सचिन श्रेष्ठ, मेख वाईवा लामा, दीपक कँडेल तथा महिला सदस्यमा संगीता अधिकारीलाई मनोनित गर्दै पूर्णता दिएको छ। उनीहरुले आगामी आईतबार एक समारोहका बीच सपथ ग्रहण गर्ने कार्यक्रम रहेको बताईएको छ ।