गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको महासचिवका लागि रमेश भट्टराईले उम्मेदवारी घोषणा गरेका छन्।
क्यानडामा रियल स्टेट र बिमा एजेन्ट रहेका भट्टरलाईले आगामी कार्यकाल (२०२५–०२७) को लागि महासचिवको उम्मेदवारी दिएका हुन्।
क्यानडामा आउँदै गरेको नयाँ पुस्ता विद्यार्थीहरूको हकहितका लागि आफूले उम्मेदवारी दिएको भट्टराईले बताए।
‘नेपालको कला संस्कृतिको प्रवर्द्धन गर्ने अनि यहाँ रहेका नेपालीको समस्यामा काम गर्ने मेरो पहिलो प्राथमिकता हो,’ उनले भने, ‘नेपालमा क्यानडाको दूतावास सुरू गर्न एनआरएनए क्यानडाले आफ्नो प्रयास गर्छ।’
क्यानडामा घरगग्गा व्यवसायमा रहेका भट्टराईले नेपाली विद्यार्थीका लागि घर भाडामा खोजिदए वाापत शुल्क लिने गरेका छैनन्।