गैर आवासीय नेपाली संघ पोर्चुगलको छेठौ महाधिवेशन सम्पन्न भएको छ। धैरै पदमा सहमती र केहि पदमा निर्वाचन हुदै नयां कार्यसमिती चयन भएको छ। सवै पदको लागी सहमती जुटाउन नसकेपछि गैरआवासिय नेपाली संघ पोर्चुगल निर्वाचन उन्मुख भएको थियो।
संघमा तीन जना उपाध्यक्षको लागि चार जनाको उम्मेद्वारी परेको थियो भने महिला उपाध्यक्ष, कोषाध्यक्ष र युवा संयोजकको लागि दुई दुई जनाको उम्मेद्वारी परको थियो। संघको अध्यक्षमा कुवेर कार्की, अन्तर्राष्टिय समन्वय परिषमा नरेन्द्र हमाल र पेम्वा शेर्पा निविरोध भएका थिए भने कार्यसमितीका सदस्यहरु पनि निर्वीरोध भएका थिए।
उपाध्यक्षमा ८ सय ६२ मत प्राप्त गरि कमल गुरुड, ८सय ३८ मत प्राप्त गरि गोविन्द सापकोटा र ७६१ मत प्राप्त परि कान्छाराम बुढाथोकी विजयी भएका हुन्। उपाध्यक्ष पदका उम्मेद्वार गणेश पाण्डेले ५ सय ५ मत प्राप्त गरेका थिए।
त्यसै गरि महिला उपाध्यक्षमा विष्णु लुइटेलले ७सय४ मत प्राप्त गरि विजयी भएकी छन् भने प्रतिद्वदी गीता राणालाई ४ सय ७ मत प्राप्त भएको थियो। त्यसै गरि कोषाध्यक्षमा ७ सय ३५ मत प्राप्त गरि कुमार तमाड् विजयी भएका छन् भने उनका प्रतिद्वदी रमेशराज वास्तोलाले ३सय ७२ मत प्राप्त गरेका थिए।
युवा संयोजकमा ८ सय १५ मत प्राप्त गरि रविन अधिकारी विजयी भएका छन्। सोही पदका लागि पेमाछिरी शेर्पाले २सय ९५ मत प्राप्त गरेका थिए। कोषाध्यक्षका उम्मेद्वार वास्तोला स्वतन्त्र भनिए पनि उनि राजावादी संगठनको पोर्चुगलमा नेतृत्व गर्दै आएका छन् । उपाध्यक्ष पदमा पराजीत भएका गणेश पाण्डे पेशाले पत्रकार हुन्।
गैर आवासीय नेपाली संघ पोर्चुगलको यो छेटौ महाधिवेशन हो। यस अधि एउटा महाधिवेशनमा मात्र निर्वाचन भएको थियो अरुमा सहमतीको आधारमा कार्यसमिती चयन भएका थिए। यस पटकको महाधिवेशमा सहमतीको प्रयास नगरिएको होइन। ठुला पार्टीका भातृसंगठनहरु वीच सहमती भएता पनि स्वतन्त्र उम्मेवद्वारीको दावेदार प्रस्तुत भए पछि सहमती हुन सकेको थिएन।
पोर्चुगलमा २० हजार भन्दा बढी नेपालीहरुको बसोवास भएको अनुमान गरिएको छ। जस मध्ये जम्मा २३ सय ४५ जनाले गैर आवासिय नेपाली संघको सदस्यता लिएका छन्। सदस्य मध्ये ११ सय ५८ जनाले मात्र निर्वाचनमा भाग लिएका थिए।
सदस्यता बनाउन नसक्नु र भएका मध्ये पचास प्रतिशतले पनि निर्वाचनमा भाग नलिनुले पोर्चुगलमा रहेको एनआरएनको औचित्व माथी नै प्रश्न उठाएको छ। सहभागिताको गणितलाई हेर्ने हो अवको वहस औचित्व मात्र होइन कानुनी प्रश्न पनि खडा भएको छ। यतिधेरै नेपालीहरुको वसोवास रहेको पोर्चुगलमा संघको छाता भित्र सवै नेपाली अटाउन नसक्नुको कारण संघ प्रतिको अविस्वास नै हो।