कतारस्थित कार्यरत आप्रवासी कामदारले विगत २ महिनादेखि कतारमा श्रम गरेको एउटा निश्चित रकम मात्र आफ्नो मुलुकमा पठाउन सक्ने भएका छन्।
वैदेशिक रोजगारीमा रहेका करिब ४ लाख नेपाली कामदार प्रत्यक्ष/अप्रत्यक्ष रुपमा यो नियमबाट प्रभावित भएका छन्। कतारको पछिल्लो नियमले कमाएको रकम नेपाल पठाउन पहिले भन्दा धेरै असहज भएको तनहुँ दमौलीका प्रसान् रसाइलीले बताए।
‘कम्पनी राम्रो छ, कमाई पनि राम्रो तर नाकाबन्दी पछि यहाँको अवस्थाले कमाएको केही अंश घर पठाएर छिट्टै स्वदेश फर्किने विचार थियो, तर सोचेभन्दा फरक पर्यो,’ रसाइलीले भने।
अहिले कामदारलाई पैसा बचाउन धेरै मुस्किल परेको रसाइलीले बताए। आफूसँग बचेको रकम र थोरै साथीभाईसँग सापटी लिएर घर पठाउने परिपाटी पहिला जस्तो अहिले छैन,’ अर्का एक नेपालीले भने।
गत जुनबाट छिमेकी मुलुक साउदी अरबसहित खाडी मुलुकले गरेको नाकाबन्दी मारमा परेका कामदारहरू महंगो उपभोग्य समाग्री उपभोग गर्न बाध्य छन्।
नेपाल भारत ,बांगलादेशलगायत देशको हकमा पनि यो निश्चित रकम पठाउन सक्ने नियम लागू भएको छ। यो समस्या लामो समयसम्म चल्यो भने कामदारलाई आर्थिक रुपमा घाटाले थप चिन्ता थपिनका साथै रेमिटेन्समा पनि ठूलो क्षति हुन सकिने देखिन्छ ।
यहाँ सञ्चालित रेमिट्यान्स कम्पनी एक्सचेञ्ज सर्बिसहरुले नेपालका लागि १ हजार कतारी रियालदेखि २ हजार कतारी रियालसम्म मात्र पठाउन सक्ने गरि सर्विस दिँदै आएका छन् भने बैंक खाता हुनेले ५ हजार रियालसम्म हाल्न मिल्ने व्यवस्था छ ।
सो भन्दा बढी रकम पठाउन कामदारले अहिले दोब्बर चार्ज तिर्नुपरेको छ। एक्सचेञ्जका एक कर्मचारीका अनुसार, पछिल्लोपटक डलरको भाउमा देखिएको उतारचढाव र यहाँका बैंकिङ कारोबारमा देखिएको केही कारणले भए पनि केही समयपछि समस्या टर्ने र पछिलो अवस्था अनुसार कामदारले कारोबार गर्न सक्ने उनको तर्क थियो।
२ महिना बितिसक्दा पनि प्रष्ट कुरा अझै बाहिर आउन नसके पनि पछिल्लोपटक अरब मुलुकमा देखिएको आपसी विवाद र छिमेकीले गरेको नाकाबन्दीको प्रभाव सिधै अर्थतन्त्रमा परेको हुन सक्ने अनुमान गरिन्छ।
जसको असर यहाँ कार्यरत आप्रवासी कामदार सहित व्यवसाय पनि देखिएकफ छ।