साउदी अरवको उच्च अदालतद्वारा सरकारको बिरोध गर्ने १४ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ। मृत्युदण्डको सजाय सुनाएका १४ जना मध्ये एकजना १७ वर्षिया बिद्धार्थी पनि रहेको बताइएको छ। उच्च अदालतले सजाय पाएकाहरुको शिर काटन पर्ने सजाय सुनाएको हो। अन्तराष्ट्रय मानव अधिकार संगठन एमेनेष्टि इन्टरनेशनलले भने यो फैसलाको ब्यापक बिरोध जनाएको छ।
सन २०११ र सन २०१२ मा सरकारको बिरोध गर्ने र बिरोध प्रदशनमा संलग्न हुनेहरु रहेकाहरुलाइ सुनाइएको यस्तो सजायको बारेमा सरकारले भने केहि बोलेको छैन। सन २०११ देखि सुरु भएको अरब स्प्रीङमा संलग्न भएर सरकारको बिरोध गरेको भन्दै १४ जनालाई मृत्युदण्डको सजाय सुनाइएको थियो। सन २०१६ मा साउदी अरवकै एक अदालतले आन्दोलनमा संलग्न सबै आरोपीहरुलाइ सरकारको बिरोधमा हतियाररुपी आन्दोलन गरेको आरोप लगाउँदै दोषी ठहर गरेको थियो।
उच्च अदालतले दिएको आदेश अनुसार सरकारले मंजुरी दिएको खण्डमा १४ जनालाइ मृत्युदण्ड दिइने अन्तरिष्ट्रय समाचार संगठनहरुले बताएका छन। अमेरिका पढाइकालागी जाने तयारी गरिरहेका युवक लगायत १४ जनालाई मृत्यु दण्ड सुनाए लगत्तै मानव अधिकार संगठन एमेनेष्टी इन्टरनेशनलले बताएको छ 'साउदी अरवले राजनितिक बिरोधीलाइ स्वीकार्न नसकेको र मानव अधिकारलाइ बेवास्ता गर्दै आएको फेरी प्रमाणित गरेको छ।'
सरकारले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
(तश्वीर गुगलबाट निकालिएको हो)