बेलायतको सबैभन्दा पुरानो नेपाली साहित्यिक संस्था मानिने नेपाली साहित्य विकास परिषद बेलायतमा नयाँ नेतृत्व आएको छ। आइतबार सम्पन्न परिषदको २३ औं साधारणसभाले कोमल श्रेष्ठ मल्लको अध्यक्षतामा आगामी २ वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ।
सर्वसम्मत रूपमा चयन भएको परिषदको वरिष्ठ सहअध्यक्षमा ध्रुब केसी, सहअध्यक्षहरुमा डा.गोपाल पौड्याल, गोकुल भण्डारी र रेशम अर्याल तथा उपाध्यक्षहरुमा बाचस्पति रेग्मी, डा.सुधा श्रेष्ठ र बसन्त राय क्षेत्री चुनिएका छन्।
महासचिवमा वीरेन्द्र कुँवर र कोषाध्यक्षमा मनोज अन्जान तथा कार्यसमिति सदस्यहरुमा हरि केसी, डम्बर सिंह र कल्पना आङ्बुहाङ चयन भएका छन्।
९ सदस्यीय सल्लाहकार समितिको वरिष्ठ सल्लाहकारमा डा.राघव प्रसाद धिताल र सल्लाहकारहरूमा परिषदका संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजंग शाह, पूर्व अध्यक्षहरू हरिसिंह थापा र खगेन्द्र नेपाली, मदन थापा,दघन बहादुर थापा मगर, कृष्ण भट्ट, सोलिसिटर राजु थापा र कमल भण्डारीलाई मनोनित गरिएको छ। बेलायतका लागि नेपाली राजदूत परिषदको पदेन संरक्षक रहने वैधानिक व्यवस्था छ।
परिषदका पदेन संरक्षक राजदूत तथा वरिष्ठ साहित्यकार डा. दुर्गा बहादुर सुवेदीले बेलायतमा नेपाली साहित्यको इतिहास बोकेको नेपाली साहित्य विकास परिषदले उदाहरणीय कार्यहरू गरिरहेको आफूले पाएको बताए ।
त्यस अवसरमा परिषदका संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजंग शाह, पूर्व अध्यक्ष द्वय हरिसिंह थापा र खगेन्द्र नेपाली, सल्लाहकार तथा काशेली संस्थापक अध्यक्ष मदन थापालगायतले शुभकामना मन्तव्य व्यक्त गरे।
नवनिर्वाचित अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्ल र प्रमुख निर्वाचन अधिकृत कृष्ण भट्टले साधारणसभामा सहभागिता र सहयोगका लागि सबैलाई धन्यवाद दिए। उपाध्यक्ष बाचस्पति रेग्मीले स्वागत मन्तव्य राखेका थिए।
यसअघि प्रथम चरणको सभामा महासचिव डा.सुधा श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्षको तर्फबाट वरिष्ठ सहअध्यक्ष कोमल श्रेष्ठ मल्लले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित भएका थिए।
परिषदका संरक्षक महामहिम राजदूत डा.दुर्गा बहादुर सुवेदीबाट कवि साहित्यकार हरिसिंह थापाको ‘लण्डनदेखि चार धामसम्म’ यात्रा संस्मरण पुस्तकको लोकार्पण गरे।
हरिसिंह थापालाई नम्रताको कार्डिगन कथासंग्रहका लागि प्रदान गरिएको एनएलडिसी साहित्य पुरस्कार पदकबाट पनि सुशोभन गरेका थिए।
दुई चरणमा विभाजित साधारणसभामा प्रथम चरणको सभापतित्व परिषदका संस्थापक तथा निवर्तमान गरेका थिए भने दोस्रो चरणको अध्यक्षता प्रमुख निर्वाचन अधिकृत कृष्ण भट्टले र संचालन नव निर्वाचित महासचिव वीरेन्द्र कुँवरले गरेका थिए।