लन्डन स्कटल्याण्डको एबर्डीनमा आगलागीमा परेर नेपाली दिदीबहिनीको मृत्यु भएको छ।
एबर्डिनकोमा बस्दै आएका २८ वर्षिय आँचल सुवेदी र २४ वर्षीय शिक्षा सुवेदीको सोमबार साँझ भएको आगलागीमा परी मृत्यु भएको हो।
उनीहरू घरको दोस्रो तलाको बस्दै आएका थिए। सोही घरको पहिलो तलामा साँझ ६ बजे आगलागी सुरू भएको थियो। आगलागी हुँदा घरबाट बाहिरिन खोज्दा धुँवाको मुस्लोमा निसास्सिएर मृत्यु भएको बताइएको छ।
आगलागी कसरी सुरू भएको भन्नेबारे स्पष्ट खुलेको छैन। घटना शंकास्पद नदेखिएको प्रहरीले जनाएको छ।
मृतक दिदीबहिनी पोखरा युनिभर्सिटीका पूर्व-प्राध्यापक यज्ञप्रसाद सुवेदीका छोरी हुन्। सुवेदी परिवार विगत दुई दशकदेखि एबर्डीनमा बस्दै आएका छन्।