हिमाली तथा केही पहाडी जिल्लामा स्ट्रबेरी खेती हुदैँ आएको छ। धेरै जसोले यसलाई ब्यावसायिक खेतीमा रुपमा अंगाल्न सकेका छैनन् । जाडो याममा फल दिने स्ट्रबेरी सजिलै खेती गर्न सकिने कृषकहरु बताउँछन् ।
धेरै घरको बगैँचा र गमलामा स्ट्रबेरी लगाउने गरेका छन् । स्ट्रबेरी आफ्नै बारीमा समेत ब्यावसायिक रुपमा लगाउन सकिने कृषक श्रीकृष्ण अधिकारी बताउँछन् । इजरायल, जापान र कोरियामा स्ट्रबेरीको खेती अवलोकन गरेपछि उनले तारकेश्वर नगरपालिका –४ गोलढुंगामा यसको खेती गरेका छन् ।
अधिकारीका अनुसार यसको खेतीको लागि ५ देखि २५ डिग्रीसम्मको तापक्रम चाहिन्छ। त्यसैगरी १ हजार देखी २ हजारसम्म अल्टिच्युडसम्म यसको व्यवसायिक खेती गर्न सकिन्छ।
तापक्रम मिलाउनु पर्ने भएकोले ग्रिन हाउस वा होचो टनेल बनाउर्नु पर्दछ। व्यवसायिकक स्ट्रबेरी खेती गर्दा थोपा सिंचाई प्रविधि र मल्चिङ प्लास्टिकको प्रयोग गर्नु उपयुक्त हो।
त्यस्तै यसको व्यवसायिकक खेती गर्दा माटोमा कुन तत्व कम छ, कुन धेरै छ आदीको बारेमा राम्रो सँग अध्ययन गर्नु पर्दछ। त्यसपछि ड्याङ बनाउँदा, मल हाल्दा देखि नै बिशेष ध्यान दिनुपर्छ।
यसको खेतीको लागि ५ देखि २५ डिग्रीसम्मको तापक्रम चाहिन्छ।
‘स्ट्रबेरीको खेती गर्दा अग्र्यानिक म्यानरको ज्ञान हुनु अत्यावस्यक हो’ अधिकारीले भने।
अधिकारीले स्ट्रबेरी अर्गानिक तरिकाले उत्पादन गरिरहेका छन्। उत्पादन बिषादीरहित बनाउनको लागि किरा, फ्याङ्ग्रा आदीको रोकथामको लागि किरा रोक्ने जाली ‘इन्सेक्ट नेट’ को प्रयोग गर्न सकिन्छ।
त्यस्तै बिरुवालाई अरु संक्रमण बाट जोगाउन ग्रिन हाउसमा खेती गर्न सकिने उनी बताउँछन्।
अहिले काठमाडौमा कौशस् खेती मोह बढ्दो क्रममा छ। हेरचाहमा ध्यान दिए गमलामै पनि स्ट्रबेरीको खेती गर्न सकिने अधिकारी बताउछन्।
उनी नेपालमा अहिले स्ट्रबेरी ब्यावसायिक रुपमा लगाउनुपर्छ भन्दै देशका विभिन्न स्थानमा पुगेर जनचेतना फिजाइँरहेका छन् ।
https://www.youtube.com/watch?v=0-PAFK7iV0g&t=27s
उनले परिक्षणको लागि जापानबाट ८ हजार बिरुवा ल्याएर ५ रोपनी जमिनमा लगाएका थिए। त्यहाँबाट अहिले राम्रो उत्पादन भइरहेको छ।
यसको लागि उनको करिव ३० लाख खर्च भएको थियो।
अहिले फार्मबाट एक दिन बिराई टिप्दा १५ देखि २० केजि स्ट्रबेरी निस्कन्छ। अहिले थोरै मात्र उत्पादन गरेको हुनाले माग धान्न समेत धौ – धौ परेको उनको अनुभव छ।
‘ हाम्रो उत्पादन एउटा अनलाइन सपिङले लैजान्छ , त्यस्तै उद्योगी मोतिलाल दुगड त हाम्रो त्यस्तै नियमित ग्राहक जस्तै हो, स्ट्रबेरी टिपेको दिन उहाँको लागि २–३ किलो छुट्याउनु पर्छ’ उनले भने।
किरा, फ्याङ्ग्रा आदीको रोकथामको लागि किरा रोक्ने जाली ‘इन्सेक्ट नेट’ को प्रयोग गर्न सकिन्छ।
स्ट्रबेरी फार्मबाटै ६ सय देखि ८ सय रुपैयाँ किलो बिक्रि हुने गरेको अधिकारीले जानकारी दिए।
उनले फल मात्र होइन बिरुवा पनि बेच्ने गरेका छन्। सिजनमा बिरुवा बेचेरै २० देखि २५ लाख आम्दानी लिने उनको उदेश्य छ। यो सिजन भरी करिव १ हजार किलो स्ट्रबेरी उत्पादन हुने उनको उदेश्य रहेको छ। यसको खेती काठमाडौ, पोखरा, काभ्रे, भक्तपुर, लगाएतको क्षेत्रमा पनि गर्न सकिने उनको दावी छ।