नेपालमा मोटरसाइकल प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दो छ। उच्च स्तरिय महंगा मोटरबाइकदेखि सस्ता सामान्य बाइक नेपालमा छन्।
नेपालीको रोजाइमा प्राय थोरै इन्धनमा धेरै माइलेज दिने मोटरबाइक पर्ने गर्छन्। विशेषतः उक्त मोटरसाइकलहरु यात्रा तथा सामान बोक्नका लागि प्रयोग हुने गर्छन्। मेन्टिनेन्स खर्च र इन्धन खपत कम गर्न यी बाइकहरु तपाईका लागि पनि उपयुक्त हुन सक्छन्।
कम्पनीले माइलेजका लागि उत्कृष्ट दाबी गरेका ५ मोटरबाइकहरु यस प्रकार छन्।
१. बजाज सिटी १००भारत र नेपालको लागि धेरै माइलेज दिने बाइकमा बजाज सिटी १०० उत्कृष्ट रहेको एजेन्सीले जनाएको छ। यो बाइकको उच्चतम गति ९० किमी प्रतिघण्टा रहेको कम्पनीले दाबी गरेको छ। यसमा चारवटा स्टोक सहित सिङगल इन्जिन प्रयोग भएको छ।
सिटी १०० बाइकमा नेचुरल इन्जिन कुल्ड सिस्टम रहेको कम्पनीले जनाएको छ। यो बजाजको सिटी १०० मध्ये इएस सिरिजमा १०२ सिसिको इन्जिन प्रयोग गरिएको छ। त्यस्तै केएस एलोए र बी सिरिजमा ९९.२७ सिसि इन्जिन प्रयोग भएको छ। यसका दुवै सिरिजमा ४ गियर ट्रान्समिसन रहेको छ। कम्पनीले दाबी गरे अनुसार यो बाइकले प्रतिलिटर ९९.१ किमीको दुरी यात्रा गर्न सकिन्छ।
यसको इएस सिरिजले ५५०० आरपिएममा ८.२४ एनएम टर्क उत्सर्जन गर्छ। त्यस्तै बी सिरिजको मोटरसाइकलले ४५०० आरपिएममा ८.५ एनएम टर्क उत्सर्जन गर्ने कम्पनीको वेत्रसाइटमा जनाइएको छ। नेपालको सोरुममा यो सिरिजको मोटरबाइक अहिले उपलब्ध नभएको बजाज सोरुमले जनाएको छ।
त्यसका साथै यो मोटरबाइकको दुवै चक्कामा ड्रम ब्रेक रहेको छ। इन्धनको लागि १०।५ लिटरको ट्याङ्की प्रयोग भएको छ। बजाजका सिटि बाइकमा १६० र १६९ मिमि ग्राउण्ड क्लियरेन्स रहेको कम्पनीले बताएको छ।
२ बजाज प्लाटिना १०० इएसबजाजले निर्माण सम्पन्न गरेको प्लाटिनामा १०२ सिसिको इन्जिन प्रयोग गरेको छ। यसको इन्जिनमा सिङगल सिलिण्डर,२ वटा भल्भ र डिटिएसआई रहेको कम्पनीले जनाएको छ। यसले ५५०० आरपिएममा ८.३४ एनएम टर्क उत्सर्जन गर्छ। त्यस्तै ७५०० आरपिएममा यसले ८.८ ब्रेक हर्सपावर उत्सर्जन गर्छ।
किक र इलेक्ट्रिक स्टार्ट गर्न सकिने यो बाइकमा ४ वटा गियरको स्पिड रहेको छ। कम्पनीको वेभसाइटले जनाए अनुसार प्लाटिनामा ९० किमी प्रतिघण्टाको अधिकतम गति रहेको छ। प्लाटिनाका दुवै चक्कामा ड्रम ब्रेक प्रयोग भएका छन्।
त्यस्तै यसमा इन्धनका लागि ११.५ लिटरको ट्याङकी प्रयोग भएको छ। एजेन्सीले जनाएअनुसार कम्पनीले यसले प्रतिलिटर ९६.९ किमी माइलेज दिने दाबी गरेको छ। यो मोटरबाइकको मूल्य नेपालमा १ लाख ५६ हजार ९ सय रुपैयाँ पर्ने शोरुमले बताएको छ।
३. टिभिएस स्पोर्टटिभिएसले सस्तो र पेट्रोलको खपतका लागि उपयुक्त मानेको बाइक हो टिभिएस स्पोर्ट। कम्पनीले सन् २०१६मा सार्वजनीक गरेको यो बाइकको नाम माइलेजमा बाप राखेको छ।
कम्पनीको वेभसाइटमा यसले प्रतिलिटर ९५ किमीको माइलेज दिने उल्लेख गरेको छ। चार स्ट्रोक र सिङगल सिलिण्डर युक्त यो बाइकमा ९९ सिसिको इन्जिन प्रयोग भएको छ। एअर कुल्ड इन्जिनले ७५०० आरपिएममा ७.७ बिएचपी पावर उत्सर्जन गर्छ। त्यस्तै ५५०० आरपिएममा यसको इन्जिनले ७.८ एनएम तर्क उत्सर्जन गर्छ।
४ म्यानुअल गियर रहेको यो बाइकमा किक स्टार्ट तथा दुवै तर्फ ड्रम ब्रेक रहेको कम्पनीले जनाएको छ। यसको बजार मुल्य १ लाख ५६ हजार ९ सय रुपैयाँ पर्ने टिभिएस शोरुमले जनाएको छ।
४. हिरो स्प्लेण्डर प्रो९७.२ सिसिको इन्जिन भएको यो नेपालमा धेरै विक्री मोटरबाइक मानिन्छ। यसमा एअरकूल्ड, ४ स्ट्रोक सिङगल सिलिण्डर रहेको छ। यसले ५००० आरपिएममा ८.५ एनएम टर्क उत्सर्जन गर्ने कम्पनीले बताएको छ। स्प्लेण्डर प्रो मोटरबाइकले ८७ किमी प्रतिघण्टाको द्रुत गति लिन सक्ने कम्पनीले बताएको छ।
किक र सेल्फ स्टार्ट हुने यो बाइकमा ४ गियरको स्पिड रहेको छ। यो बाइकको दुवै चक्कामा ड्रम ब्रेक प्रयोग भएको छ। १२ भोल्टको एमएफ ब्याट्रि प्रयोग भएको यो बाइकमा ३५ वाटको मल्टि रिफ्लेक्टर हलोजन लाइट रहेको छ।
११ लिटरको इन्धन ट्याङ्क रहेको यो बाइकमा १.४ लिटर पेट्रोल रिजर्भमा बस्ने बताइएको छ। एजेन्सीका अनुसार यो मोटरसाइकलले प्रतिलिटर ९३ किमी माइलेज दिने जनाएको छ। यसको मूल्य नेपालमा १ लाख ६१ हजार ५ सय रुपैयाँ पर्ने हिरो शोरुमले बताएको छ।
५. हिरो एचएफ डिलक्स दुर्गम क्षेत्रका लागि अति उपयुक्त रहेको हिरो एचएफ डिलक्सका ३ थरि मोटरसाइकल छन्। यसका एचएफ रेन्जमा एचएफ, एचएफ डिलक्स आइ थ्रि एस र एचएफ डिलक्स इको बाइकहरु रहेको छन्।
माथिका सबै रेन्जका बाइकमा ९७.२ सिसि इन्जिन प्रयोग भएको छ। जसको इन्जिनले ८.२४ बिएचपी र ८.५ एनएम उत्सर्जन गर्ने क्षमता राख्छ। यसमा किक स्टार्ट रहेको कम्पनीले जनाएको छ।
प्रतिलिटर ८८.५ किमी गुड्ने हिरो एचएफ डिलक्सल रेन्जमा ४ गियर ट्रान्समिसन रहेको छ। यसको इन्जिनमा सिङ्गल सिलिण्डर र एअर कुल्ड सिस्टम रहेको कम्पनीले जनाएको छ।
शोरुमले बताए अनुसार हिरोको एचएफ डिलक्सको बजार मूल्य १ लाख ५५ हजार रुपैयाँ रहेको छ। त्यस्तै आइथ्रिएसको मूल्य १ लाख ७१ हजार ५ सय रुपैयाँ रहेको छ।