एनआइसी एशिया बैंकले काठमाडौंमा एकैसाथ ६ नयाँ शाखा कार्यालयको औपचारिक उद्धघाटन गरेको छ।
काठमाडौं महानगरपालिकाको बोहोराटारस्थित बोहोराटार शाखाको उद्धघाटन स्थानीय टोल सुधार तथा उपभोक्ता समितिका अध्यक्ष कालिकाप्रसाद घिमिरेले गरे।
कलंकीस्थित खसीबजार शाखाको उद्धघाटन सोही वडाका वडा अध्यक्ष शोभा सापकोटाले गरिन्।
त्यसैगरी, माछापोखरीस्थित माछापोखरी शाखाको उद्धघाटन सोही वडाका अध्यक्ष मुकुन्द रिजालले गरे।
नरेफाँटस्थित नरेफाँट शाखाको सोही वडाका वडा अध्यक्ष नवराज पराजुलीले गरे भने पुतलीसडकस्थित पुतलीसडक शाखाको सोही वडाका अध्यक्ष भाइराम खड्गीले गरे।
त्यस्तै, स्वयम्भूस्थित स्वयम्भू शाखाको त्यसै वडाका अध्यक्ष प्रेमलाल श्रेष्ठले गरेको बैंकले बतायो।
ती विभिन्न शाखाहरु संचालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज हुने बैंकको विश्वास छ
ि
यस बैंकको ३११ शाखा कार्यालय, ४०३ एटिएम, ९५ वटा एक्स्टेन्सन काउन्टर एवं ४४ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा छन्।