एनआइसी एशिया बैंकले अर्घाखाँचीका बुद्धिराम भुसाललाई बीमा रकम वापतको चेक हस्तान्तरण गरेको छ।
चमत्कारिक बचत (डाइमण्ड) खातावाल अर्घा गाविस निवासी भुसाललाई क्यान्सर रोग लागेको थियो।
निज खातावालका छोरा मनोज भुसाललाई बैंकको केन्द्रीय कार्यालय थापाथलीमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले हस्तान्तरण गरे।
बैंकले १८ प्रकारका घातक रोग लागेमा ग्राहकलाई १५ लाख बीमा रकम प्रदान गर्ने सुविधा ल्याएको छ।
एनआइसी एशिया बैंकले ३११ शाखा कार्यालय, ४०४ एटिएम, ९५ वटा एक्स्टेन्सन काउन्टर एवं ४४ वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ।