प्रभु बैंक लिमिटेडको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र समृद्धि क्यापिटल लिमिटेड एक आपसमा गाभिएर कारोबार गर्ने प्रस्तावसहित मर्जरसम्बन्धी प्रारम्भिक समझदारी भएको छ।
उक्त सम्झौतापत्रमा एक समारोहबीच प्रभु क्यापिटल लिमिटेडका सञ्चालक भुपिन्द्र खत्री र समृद्धि क्यापिटल लिमिटेडका अध्यक्ष एलपी भानु शर्माले हस्ताक्षर गरे।
प्रभु बैकका अध्यक्ष देवि प्रकाश भट्टचन, प्रभु बैक लिमिटेडका सञ्चालक रमेश सिंह खडका, अम्बिका शर्मा लामिछाने, प्रभु बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, प्रभु क्यापिटल लिमिटेडका सञ्चालक तथा समृद्धि क्यापिटल लिमिटेडका अन्य सञ्चालकको उपस्थिती थियो।
मर्जरपछि प्रभु क्यापिटल लिमिटेडको नामबाट कारोबार हुने सहमती भएको र मर्जरपछि ८० करोड भन्दा बढी चुक्ता पूँजी हुनेछ।
हाल नेपालमा धितोपत्र बोर्डबाट अनुमतीपत्र प्राप्त मर्चेन्ट बैंकरको संख्या ३१ रहेको छ।