ग्लोबल आइएमई बैंक बिराटनगर शाखाले बिराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टी स्पेस्यालिटी हस्पिटलमा कार्यरत स्व. अन्जली कुमारी माझीको परिवारलाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ।
नवरत्न कर्मचारी बचत खाता खोली कारोबार गर्दै आएका माझीको सडक दुर्घटनामा मृत्यु भएको हुँदा बिमितले पाउने रकम हस्तान्तरण गरिएको हो।
ग्लोबल आइएमई बैंक १ नं. प्रदेशका सहायक प्रदेश प्रमुख सुजन श्रेष्ठ र न्यूरो कार्डियो एण्ड मल्टी स्पेस्यालिटी हस्पिटलका अध्यक्ष डा. विरेन्द्र कुमार बिष्टले सयुक्त रुपमा स्व. माझीको परिवारलाई विमाङ्कित रकम हस्तान्तरण गरे।
यो बैंकले २६६ वटा शाखा, ३४ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउन्टर, २५९ एटिएम तथा २४६ शाखारहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ।