स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शनिवार बसेको सञ्चालक समितिले लाभांश प्रस्ताव गरेको छ।
समितिले आर्थिक वर्ष २०८०-८१ मा नाफा पछि १४.२५ प्रतिशत बोनस लाभांश र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।
यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत हुन र कम्पनीको साधारण सभाबाट पारित हुन बाँकी छ।