शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८०–८१ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।
बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ३ प्रतिशत बोनस सेयर र कर सहित ५ प्रतिशत नगद गरी कुल ८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।
गत वर्ष भने बैंकले १०.५ प्रतिशत बोनस र ०.५५ प्रतिशत नगद गरी कुल ११.०५ प्रतिशत लाभांश दिएको थियो।
गत वर्षको तुलनामा बैंकको लाभांश दर घटेको छ।