बुधबार नेप्से परिसूचक स्थिर रहेको छ।
गत कारोबार दिन अर्थात् सोमबार २५९४.१३ विन्दुमा बन्द भएको नेप्से बुधबार २५९५.९६ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ।
सोमबार ६ अर्ब ६५ करोडको सेयर कारोबार भएकोमा बुधबार ५ अर्ब ८२ करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ८३ करोड रूपैयाँ कमी आएको हो।
आज २९९ वटा धितोपत्रको १ करोड ७ लाख ४५ हजार ४२७ कित्ता सेयर किनबेच भएको हो।
बुधबार १२४ कम्पनीको सेयर मूल्य बढेको छ भने १०८ वटाको घटेको छ। यस्तै १० कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन दोल्ती पावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ७८४ रूपैयाँ ६० पैसा कायम भएको छ।
यस्तै, सुपर मादी हाइड्रोपावरको मूल्य ९.८१ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ६५७ रूपैयाँ पुगेको छ।
बुधबार न्यादी हाइड्रोपावरको मूल्य सबैभन्दा बढी १० प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ५८५ रूपैयाँ कायम भएको छ।
यस्तै पोखरा फाइनान्सको मूल्य ९.०५ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ४८१ रूपैयाँ १० पैसामा झरेको छ।
बुधबार एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य एक हजार १८७ रूपैयाँमा ३२ करोड ४९ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ४.५८ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सुपर मादी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ६५७ रूपैयाँमा ३० करोड ८८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सात समूहको परिसूचक बढेको छ भने बाँकी ६ समूहको घटेको हो।
यसदिन जलविद्युत समूहको परिसूचक सर्वाधिक १.७६ प्रतिशतले बढेको छ भने वित्त समूहको परिसूचक सर्वाधिक ३.४८ प्रतिशतले घटेको छ।