बुधबार नेप्से परिसूचक स्थिर रहेको छ।
मंगलबार ६.५४ अंकले बढेर २६८३.८६ विन्दुमा बन्द भएको नेप्से बुधबार २६८५.७३ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ।
गत कारोबार दिन अर्थात मंगलबार सात अर्ब २० करोडको कारोबार भएकोमा बुधबार आठ अर्ब ७१ करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ५१ करोड रूपैयाँ वृद्धि भएको हो।
आज ३०७ वटा धितोपत्रको एक करोड ५५ लाख २० हजार ५५९ कित्ता सेयर किनबेच भएको हो।
बुधबार १३४ कम्पनीको सेयर मूल्य बढेको छ भने ९९ वटाको घटेको छ। यस्तै ११ कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन गार्डियन माइक्रो इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः एक हजार ४४० रूपैयाँ ६० पैसा पुगेको छ।
यस्तै, रिभर फल्स पावरको सेयर मूल्य ८.०२ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ९०२ रूपैयाँ कायम भएको छ।
बुधबार उपकार लघुवित्त र सुपर मादी हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतका दरले घटेको छ।
उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः चार हजार ६८० रूपैयाँ र एक हजार ११७ रूपैयाँ २० पैसामा झरेको छ।
बुधबार एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ४१९ रूपैयाँमा ३९ करोड ६० लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ५.११ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिइडिबी होल्डिङ्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता दुई हजार २३० रूपैयाँमा ३७ करोड ६७ लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको बढेको छ भने बाँकी नौ समूहको परिसूचक घटेको हो।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशतले बढेको छ।
यस्तै, विकास बैंक समूहको परिसूचक १.३३ प्रतिशतले बढेको छ।