मंगलबार नेप्से परिसूचक उच्च अंकले बढेको छ।
नेप्से २७.१४ अंकले बढेर २६८९.२२ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम पनि बढेको छ।
आइतबार ६ अर्ब २८ करोडको सेयर कारोबार भएकोमा मंगलबार आठ अर्ब ५४ करोडको कारोबार भएको छ।
यो रकम अघिल्लो दिनको तुलनामा दुई करोड २६ लाख रूपैयाँ वृद्धि भएको हो।
आज ३२० वटा धितोपत्रको दुई करोड १८ लाख ४१ हजार ४७ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार २१२ कम्पनीको सेयर मूल्य बढेको छ भने ३४ वटाको घटेको छ।
यसदिन पाँच कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।
कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छन् भने नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य ९.९९ र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य ९.९८ प्रतिशतले बढेको छ।
मंगलबार बलेफी हाइड्रोपावरको मूल्य सर्वाधिक ९.६९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २३० रूपैयाँ ४६ पैसामा झरेको छ।
यस्तै, विन नेपाल लघुवित्तको मूल्य ६.१७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ९३३ रूपैयाँ ६९ पैसा कायम भएको छ।
मंगलबार बलेफी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता २२९ रूपैयाँ ७० पैसामा दुई अर्ब एक करोड २९ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्टक्चर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ८६० रूपैयाँमा ४२ करोड २२ लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल र व्यापार समूहको परिसूचक घटेको छ भने बाँकी ११ समूहको परिसूचक बढेको छ।
यसदिन लगानी समूहको परिसूचक सर्वाधिक २.७१ प्रतिशतले बढेको छ भने दोस्रोमा विकास बैंक समूहको परिसूचक २.४६ प्रतिशतले बढेको छ।