बुधबार पनि नेप्से परिसूचक बढेको छ।
मंगलबारदेखि बढ्न सुरू गरेको नेप्सेले यसदिन पनि निरन्तरता पाएको हो।
नेप्से ७.०१ अंकले बढेर २६९६.२३ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम भने घटेको छ।
मंगलबार आठ अर्ब ५४ करोडको सेयर कारोबार भएकोमा बुधबार सात अर्ब २६ करोडको कारोबार भएको छ।
यो रकम अघिल्लो दिनको तुलनामा एक अर्ब २८ करोड रूपैयाँ कमी आएको हो।
आज ३२९ वटा धितोपत्रको एक करोड ६६ लाख ११ हजार ५३२ कित्ता सेयर किनबेच भएको हो।
बुधबार १४७ कम्पनीको सेयर मूल्य बढेको छ भने ९७ वटाको घटेको छ। यस्तै, दुई कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन पाँच कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।
कर्पोरेट डेभलपमेन्ट बैंक र बलेफी हाइड्रोपावरको मूल्य १० प्रतिशतका दरले बढेको छ भने नेपाल माइक्रो इन्स्योरेन्स, राधी विद्युत र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ।
बुधबार गुराँस लघुवित्तको मूल्य सर्वाधिक ६.८१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य तीन हजार दुई रूपैयाँमा झरेको छ।
यस्तै, सिन्धु विकास बैंकको मूल्य ४.८७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ७५ रूपैयाँ कायम भएको छ।
बुधबार ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता ३१३ रूपैयाँ ६० पैसामा ५९ करोड ४१ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ६.९० प्रतिशत बढेको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा राधी विद्युत रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५३० रूपैयाँ ७० पैसामा ५० करोड ७२ लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक घटेको छ भने बाँकी आठ समूहको परिसूचक बढेको छ।
यसदिन जलविद्युत समूहको परिसूचक सर्वाधिक १.७२ प्रतिशतले बढेको छ भने दोस्रोमा व्यापार समूहको परिसूचक १.२३ प्रतिशतले बढेको छ।