बुधबार पनि नेप्से परिसूचक बढेको छ।
गत आइतबारदेखि बढ्ने क्रममा रहेको नेप्सेले यसदिन पनि निरन्तरता पाएको हो।
नेप्से ३४.४२ अंकले बढेर २६९४.८२ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम पनि बढेको छ।
मंगलबार सात अर्ब तीन करोड रूपैयाँको कारोबार भएकोमा बुधबार नौ अर्ब ७४ करोड रूपैयाँको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा दुई अर्ब ७१ करोड रूपैयाँ वृद्धि भएको हो।
आज ३१७ वटा धितोपत्रको तीन करोड एक लाख ८२ हजार ३४१ कित्ता सेयर किनबेच भएको हो।
बुधबार १८२ कम्पनीको सेयर मूल्य बढेको छ भने ६२ वटाको घटेको छ। यस्तै, एक कम्पनी स्थिर रहेको छ।
यसदिन ग्रीन डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावरको मूल्य सर्वाधिक ९.९९ प्रतिशतका दरले बढेको छ।
उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः एक हजार ५१६ रूपैयाँ ८० पैसा र ४३२ रूपैयाँ ७० पैसा कायम भएको छ।
यस्तै, नेपाल इन्स्योरेन्सको मूल्य ९.८२ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ६४२ रूपैयाँ ३१ पैसा पुगेको छ।
आइसिएफसी फाइनान्सको डिबेञ्चरको मूल्य सर्वाधिक ३.७३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ८३ रूपैयाँमा झरेको छ।
यसैगरी, विन नेपाल लघुवित्तको मूल्य ३.३१ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार १४० रूपैयाँ २१ पैसा कायम भएको छ।
बुधबार एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता दुई हजार २५० रूपैयाँमा ५५ करोड ५३ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ४.२१ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा साहस ऊर्जा रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६१४ रूपैयाँ ९० पैसामा ४९ करोड ४१ लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यसदिन जीवन बीमा समूहको परिसूचक सर्वाधिक २.८३ प्रतिशतले बढेको छ।