साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।
नेप्से २.४० अंकले बढेर २७०६.३६ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम भने केही घटेको छ।
बिहीबार नौ अर्ब ६४ करोड रूपैयाँको कारोबार भएकोमा आइतबार नौ अर्ब ५० करोड रूपैयाँको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा १४ अर्ब रूपैयाँ कमी आएको हो।
आज ३११ वटा धितोपत्रको दुई करोड ४९ लाख ७६ हजार ३६६ कित्ता सेयर किनबेच भएको हो।
आइतबार ८७ कम्पनीको सेयर मूल्य बढेको छ भने १६२ वटाको घटेको छ।
यसदिन नेपाल फाइनान्सको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ७६३ रूपैयाँ ६० पैसा कायम भएको छ।
यस्तै, गार्डियन माइक्राे लाइफ इन्स्योरेन्सको मूल्य ७.३६ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य दुई हजार २७५ रूपैयाँ २७ पैसा पुगेको छ।
गुडविल फाइनान्सको डिबेञ्चरको मूल्य सर्वाधिक ८.८७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ३०८ रूपैयाँ ३० पैसामा झरेको छ।
यसैगरी, ग्रीन डेभलपमेन्टको मूल्य ८.५८ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ४७१ रूपैयाँ ०३ पैसा कायम भएको छ।
आइतबार नेपाल रिइन्स्योरेन्स सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता एक रूपैयाँमा ३११ रूपैयाँमा ४९ करोड ४० लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ४.९४ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा लक्ष्मी बैंकको संस्थापक रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता १०० रूपैयाँमा ३७ करोड ८१ लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक घटेको छ भने बाँकी सात समूहको परिसूचक बढेको हो।
यसदिन अन्य समूहको परिसूचक सर्वाधिक ३.०६ प्रतिशतले बढेको छ।