मंगलबार नेप्से परिसूचक स्थिर रहेको छ।
सोमबार २६८३ विन्दुमा बन्द भएको नेप्से मंगलबार २६८३.८६ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम पनि घटेको छ।
सोमबार आठ अर्ब ३७ करोड रूपैयाँको कारोबार भएकोमा मंगलबार ६ अर्ब ५७ करोड रूपैयाँको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ८० करोड रूपैयाँ कमी आएको हो।
आज ३०४ वटा धितोपत्रको एक करोड ५० लाख २७ हजार ३७२ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार १३३ कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ वटाको घटेको छ।
यसदिन बुटवल पावर कम्पनीको मूल्य सर्वाधिक ८.२१ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ८३५ रूपैयाँ ९४ पैसा कायम भएको छ।
यस्तै, पिपुल्स हाइड्रोपावरको मूल्य ५.९६ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ५२७ रूपैयाँ ५९ पैसा पुगेको छ।
रसुवागढी हाइड्रोपावरको मूल्य सर्वाधिक ८.०८ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३५० रूपैयाँ ६५ पैसामा झरेको छ।
यसैगरी, आइसिएफसी फाइनान्सको डिबेञ्चरको मूल्य ३.९२ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार २२४ रूपैयाँ कायम भएको छ।
मंगलबार नेपाल रिइन्स्योरेन्स सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता एक रूपैयाँमा ३०९ रूपैयाँमा ५१ करोड ६७ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.९९ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा बुटवल पावर कम्पनी रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८३७ रूपैयाँमा ४१ करोड ६९ लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक घटेको छ भने बाँकी सात समूहको परिसूचक बढेको हो।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक १.२५ प्रतिशतले बढेको छ।