जीवन बीमा कम्पनी र लघुजीवन बीमा कम्पनीहरूलाई प्रथम बीमा शुल्कका अतिरिक्त नवीकरण बीमा शुल्क तथा म्यादी जीवन बीमा शुल्कमा समेत जोड दिन नेपाल बीमा प्राधिकरणले निर्देशन दिएको छ।
कम्पनीहरूले मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक व्यवसायिक लक्ष्य तोक्दा यी शुल्कलाई प्रथम बीमाशुल्कमा मात्र जोड नदिएर यस्ता शुल्कलाई समेत राख्न निर्देशन दिएको हो।
बीमा कम्पनीहरूले आफ्ना कर्मचारी र विभाग तथा कार्यालयहरूलाई व्यवसायिक लक्ष्य तोक्दा सावधिक र एकल बीमाशुल्क भुक्तानी हुने बीमा लेखहरूलाई मात्र प्राथमिकता दिने गरेको, ठूलो रकमको बीमाशुल्क सङ्कलनमा केन्द्रीत हुने गरेको गुनासा आएपछि यस्तो निर्देशन दिएको प्राधिकरणले उल्लेख गरेको छ।