मंगलबार नेप्से परिसूचक उच्च अंकले बढेको छ।
नेप्से ३०.७६ अंकले बढेर ३००२.०७ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
सोमबार १९ अर्ब ३६ करोड रूपैयाँको कारोबार भएकोमा मंगलबार १८ अर्ब ५२ करोड रूपैयाँको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ८४ करोड रूपैयाँ कमी आएको हो।
आज ३२१ वटा धितोपत्रको चार करोड १८ लाख ८ हजार ९६६ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७४ वटाको घटेको छ।
यसदिन मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर, सान्भी इनर्जी र नाडेप लघुवित्तको मूल्य सर्किट लेभलमा बढेको छ।
समता घरेलु लघुवित्तको मूल्य सर्वाधिक ८.६० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार १४८ रूपैयाँ ८४ पैसामा झरेको छ।
यसैगरी, विन्ध्यवासिनी हाइड्रोपावरको मूल्य २.९३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ५९५ रूपैयाँ ५१ पैसा कायम भएको छ।
मंगलबार हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता एक हजार ५२४ रूपैयाँ ६४ करोड ४१ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ४.२४ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ग्रीन भेन्चर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६२२ रूपैयाँमा ६३ करोड ८२ लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये विकास बैंक र वित्त समूहको परिसूचक घटेको छ भने बाँकी ११ समूहको परिसूचक बढेको हो।
यसदिन अन्य समूहको परिसूचक सर्वाधिक २.६९ प्रतिशतले बढेको छ।