साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।
नेप्से १८.३० अंकले बढेर २८५०.३७ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
बुधबार सात अर्ब ६३ करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार आठ अर्ब ५३ करोड रूपैयाँको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ९० करोड रूपैयाँ वृद्धि भएको हो।
आज ३१८ वटा धितोपत्रको दुई करोड ५४ लाख तीन हजार ५४० कित्ता सेयर किनबेच भएको हो।
बिहीबार १८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६२ वटाको घटेको छ।
यसदिन सिक्लेस हाइड्रोपावरको मूल्य सर्वाधिक ९.८१ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार १७५ रूपैयाँ ४१ पैसा कायम भएको छ।
यस्तै, बरुण हाइड्रोपावरको ९.७८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३९१ रूपैयाँ ४१ पैसा पुगेको छ।
उन्नति सहकार्य लघुवित्तको मूल्य सर्वाधिक ८.२६ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ४३२ रूपैयाँ ०२ पैसामा झरेको छ।
यसैगरी, समाज लघुवित्तको मूल्य ५.४२ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ८०५ रूपैयाँ ५३ पैसा कायम भएको छ।
बिहीबार लिभर्टी इनर्जीको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता २५३ रूपैयाँ ९० पैसामा ३९ करोड एक लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ५.६१ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६४४ रूपैयाँ ५० पैसामा ३६ करोड ९३ लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक १.३८ प्रतिशतले बढेको छ।