बुधबार पनि नेप्से परिसूचक घटेको छ।
नेप्से १०.५० अंकले घटेर २७८५.७४ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
मंगलबार ६ अर्ब ९१ करोड रूपैयाँको कारोबार भएकोमा बुधबार ६ अर्ब १६ करोड रूपैयाँको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ७५ करोड रूपैयाँ कमी आएको हो।
आज ३२१ वटा धितोपत्रको एक करोड ५८ लाख ४७ हजार ८७३ कित्ता सेयर किनबेच भएको हो।
बुधबार ८९ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ वटाको घटेको छ। यस्तै एक कम्पनी स्थिर रहेको छ।
यसदिन मायाखोला हाइड्रोपावरको मूल्य सर्वाधिक ५.७४ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता ४६१ रूपैयाँ १३ पैसा कायम भएको छ।
यस्तै, सानिमा लार्ज क्याप फण्डको मूल्य ४.३२ प्रतिशतले बढेर प्रति इकाइ मूल्य ११ रूपैयाँ ११ पैसा पुगेको छ।
१२.२५% केबिएल डिबेन्चर २०८६ को मूल्य सर्वाधिक ९.४८ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ११७ रूपैयाँमा झरेको छ।
यसैगरी, सिक्लेस हाइड्रोपावरको मूल्य ७.२२ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९५७ रूपैयाँ ९६ पैसा कायम भएको छ।
बुधबार बलेफी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता २०५ रूपैयाँमा ३४ करोड ११ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.१९ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा युनाइटेड मोदी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६०५ रूपैयाँमा २७ करोड ४७ लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसदिन व्यापार समूहको परिसूचक सर्वाधिक १.५० प्रतिशतले घटेको छ।