लक्ष्मी सनराइज बैंकको नाफा ४० प्रतिशतले बढेको छ। बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो।
आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ५२ करोड रूपैयाँ नाफा कमाएकोमा आर्थिक वर्ष २०८१/८२ मा बैंकले चार अर्ब ११ करोड रुपैयाँ नाफा गरेको हो।
बैंकको खुद ब्याज आम्दानी सामान्य घटेपनि अघिल्लो पटकभन्दा प्रावधान घटाएपछि नाफामा प्रभाव परेको हो।
बैंकले अघिल्लो पटक तीन अर्ब ५८ करोड प्रावधान राखेको बैंकले यस पटक एक अर्ब १८ करोड मात्र राखेको छ।
बैंकको खुद ब्याज आम्दानी ८ प्रतिशतले घटेको छ। १२ अर्ब ३६ करोडबाट बढेर ११ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ।
बैंकको वितरण योग्य मुनाफा तीन अर्ब रूपैयाँ छ। बैंकले १२.३४ प्रतिशत लाभांश दिन सक्ने देखिन्छ।
बैंकले ब्याज नउठेको कारण यसअघि नियामकीय प्रावधानमा राखेको ७२ करोड रूपैयाँ फिर्ता ल्याएपछि लाभांश क्षमता बढेको हो।
बैंकको खराब कर्जा ४.६३ प्रतिशतबाट बढेर ४.२५ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी १६ रूपैयाँ ६१ पैसा छ।
यसअघि यस्तो आम्दानी १२ रूपैयाँ ५९ पैसा मात्र थियो। बैंकको प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ६३ पैसा छ।