साताको अन्तिम दिन अर्थात् बिहीबार नेप्से २.६२ अंकले बढेको छ।
नेप्से बढेर २७८८.३६ विन्दुमा बन्द भएको छ।
यसदिन ७ अर्ब ४६ करोड ४१ लाख रूपैयाँको कारोबार भएको छ।
आज ३२० वटा धितोपत्रको एक करोड ९२ लाख ५८ हजार ४४५ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार एक सय ८ कम्पनीको सेयर मूल्य बढेको छ भने १४१ वटाको घटेको छ।
यसदिन नेपाल रिपब्लिक मिडियाको मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता ५४१ रूपैयाँ ३० पैसा कायम भएको छ।
यस्तै, पञ्चकन्यामाई हाइड्रोपावरको मूल्य ५.५६ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४२२.६३ रूपैयाँ कायम भएको छ।
कुमारी सबल योजनाको मूल्य ४.६३ प्रतिशतले बढेको छ। त्यसैगरी राधी विद्युत कम्पनीको मूल्य ४.४३ प्रतिशत र अपर स्याङ्गे हाइड्रोपावरको मूल्य ४.२२ प्रतिशतले बढेको छ।
बिहीबार नेपाल रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता एक हजार ५९० रूपैयाँमा ४७ करोड १७ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता दुई हजार २०८ रूपैयाँमा ४१ करोड ७७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेका छन्।