केही वाणिज्य बैंकहरूको प्राथमिक पुँजी कोषमा देखिएको दबाब अझै कम हुन सकेको छैन। यसले गर्दा यस्ता बैंकहरूलाई थप कर्जा विस्तारमा समस्या देखिएको छ।
वाणिज्य बैंकहरूले सार्वजनिक गरेको गत असार महिनासम्मको वित्तीय विवरणले यस्तो देखाएको हो।
कुमारी बैंक, एनआइसी एसिया बैंक, सिटिजन्स बैंक र हिमालयन बैंकको यस्तो पुँजी कोष पर्याप्तता अनुपातमा उच्च दबाब देखिएको हो।
राष्ट्र बैंकको नियम अनुसार बैंकहरूको जोखिम सम्पत्तिको तुलनामा प्राथमिक पुँजी अनुपात कम्तिमा ८.५ प्रतिशत हुनुपर्छ।
कुमारीको यस्तो अनुपात ८.९४ प्रतिशत, एनआइसी एशियाको ८.८७ प्रतिशत, सिटिजन्स बैंकको ८.९४ प्रतिशत र हिमालयन बैंकको ५.७९ प्रतिशत छ।
यो अनुपातमा दबाबमा रहेको बैंकहरूलाई पुँजी स्रोत नबढि कर्जा लगानी गर्न समस्या पर्ने देखिएको छ।
यस्तो अनुपात कुनै पनि त्रैमाशमा ८.५ प्रतिशतभन्दा कम भएमा बैंकहरूको लाभांश वितरणमा समेत राष्ट्र बैंकले रोक लगाएको छ।
यसरी पुँजी दबाबमा अन्य केही बैंक समेत छन्। नेपाल एसबीआई बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक र राष्ट्रिय वाणिज्य बैंकको यस्तो अनुपात समेत १० प्रतिशतभन्दा कम छ।