मंगलबार सेयर बजार परिसूचक नेप्से ६.५१ अंकले बढेर २७७६.९० विन्दुमा आइपुगेको छ।
बजार बढेपनि अघिल्लो दिनको तुलनामा आज कारोबार रकम भने घटेको छ। सोमबार ६ अर्ब १७ करोड रूपैयाँको कारोबार भएकोमा मंगलबार पाँच अर्ब ६३ करोडरूपैयाँको कारोबार भएको छ।
मंगलबार कारोबारमा आएका सबै समूहगत परिसूचक बढेका छन्। आज सबैभन्दा बढी उत्पादनमूलक समूहमा वृद्धि भएको छ। यो समूह ०.४६ प्रतिशतले बढेको हो।
कारोबारमा आएक ३१६ कम्पनमध्ये १७४ वटाको मूल्य बढेको छ। एक सय २७ वटाको सेयर मूल्य घटेको छ।
सान्भि हाइड्रोको मूल्य सबैभन्दा धेरै ६.९८ प्रतिशतले बढेर सात सय २७ रूपैयाँ पुगेको छ।
नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै ६.१४ प्रतिशतले घटेर १४५९ रूपैयाँमा कारोबार भएको छ।
यसदिन सबैभन्दा धेरै युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको कारोबार भएको छ। कम्पनीको ३१ करोड ७२ लाख रूपैयाँको कारोबार भएको हो।