एनआइसी एसिया बैंकका ग्राहकले अब धनगढीस्थित कैलाली हस्पिटलमा स्वास्थ्य उपचार गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन्।
यसका लागि बैंक र हस्पिटलबीच सम्झौता सम्पन्न भएको छ।
सम्झौताअनुसार, बैंकका ग्राहकले अस्पतालले उपलब्ध गराएका विभिन्न उपचार सेवामा छुट सुविधा उपभोग गर्न सक्नेछन्।
यसमा भर्ना सेवा, ओपीडी सेवा, ल्याब परीक्षण, रेडियोलोजी परीक्षण, सामान्य सर्जरी, आकस्मिक सेवा, प्रसूति सेवा, दन्त उपचार, नेत्र उपचार, फिजियोथेरापी, हृदय, मिर्गौला, छाला, नाक–कान–घाँटी, मधुमेह, स्त्रीरोग तथा बालरोग लगायतका उपचार सेवाहरू समावेश हुनेछन्।
यस सुविधा लिनका लागि ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा बैंकको मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्नेछ।
बैंकले यो सहकार्यले ग्राहकलाई स्वास्थ्य उपचारमा सहजता दिलाउने र मुलुकमा डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गरी नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने विश्वास लिएको छ।